काठमाडौं । देशको शान्तिसुरक्षालाई चुस्तदुरुस्त राख्न भन्दै गृहमन्त्रालयले सातै प्रदेशका प्रमुखसहित १९ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । नेत्रविक्रम चन्द विप्लवको समुह सक्रियतालाई मध्यनजर गर्दै डिआइजीको सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपाल प्रहरी मुख्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो । मन्त्रालयले प्रदेश–१ ठाकुर ज्ञवाली, प्रदेश–२ मा प्रद्युम्न कार्की, प्रदेश–३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा बिनोद शर्मा घिमिरे, प्रदेश–५ मा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पुर्णचन्द्र जोशी र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको हो । प्रदेशमा डिआइजी नै प्रहरी प्रमुख हुने ब्यवस्था रहेको छ ।
यसैगरी भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कमलबहादुर जिटी, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी र योजना अन्वेषण निर्देशनालयमा केदार रिजाललाई सरुवा गरिएको छ । सूर्यप्रसाद उपाध्याय एअरपोर्ट, महेश बिक्रम शाह राष्ट्रिय सुरक्षा परिषद, दानसिंह बोहोरा राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजञ्ज, सुरज केसी सुरक्षा निर्देशनालय र महेन्द्र पोखरेल मानवस्रोत बिभाग सरुवा गरिएको छ । शुक्रबारको मन्त्रिस्तरिय निर्णय अनुसार विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालय र दिपक कुमार थापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।
यस्तै सशस्त्र प्रहरी बलका डिआइजीहरूको पनि सरुवा भएको छ । मन्त्रीस्तरिय निर्णइ अनुसार सशस्त्र प्रहरी मुख्यालयले सातै प्रदेशका डिआइजीहरुको सरुवा भएको जानकारी गराएको छ । एक नम्बर प्रदेशमा नगेन्द्र थापालाई पठाइएको छ भने दुई नम्बर प्रदेशमा राजु अर्याल, तीन नम्बर प्रदेशमा चिरञ्जीवी अधिकारी, पाँच नम्बर प्रदेशमा नारायणदत्त पौडेल, कर्णाली प्रदेशमा प्रजाभक्त श्रेष्ठ, सुदूरपश्चिम प्रदेशमा गोविन्द क्षेत्री, उपत्यकामा चन्द्रप्रकाश गौतम सरुवा भएका छन् ।
यसैगरी खड्गबहादुर राई र मन्दिप श्रेष्ठलाई सीमा सुरक्षा विभाग, बसन्तकुमार बानिया राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय काठमाडौं, राजुराम सुवाललाई एपिएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौं, प्रविणकुमार श्रेष्ठलाई प्रशिक्षण प्रतिष्ठान, कविन्द्रमान श्रेष्ठलाई मानवश्रोत विभागमा सरुवा गरेको छ ।
प्रतिक्रिया