काठमाडौं । बैंक अफ काठमाण्डुले सेवा तथा सुविधालाई विस्तार गर्ने उद्देश्यले थप १ एक्टेन्सन काउन्टरको स्थापना गरेको छ । नोबेल मेडिकल कलेज, विराटनगरबाट बैंकले एक्टेन्सन काउन्टरको सेवा थालनी गरेको हो । उक्त काउन्टरको डा. राजेश नेपालले उद्घाटन गरे ।
आर्थिक वर्ष ०७५/०७६ को तेस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ८१ दशमलव १३ अर्ब परिचालन गरी कुल कर्जा ७१ दशमलव २६ अर्ब प्रवाह गरेको छ । हाल बैंकले ८७ शाखा, ७५ एटिएम तथा ९ वटा एक्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया