ब्लड बैंकको अभावले रगत दिन पाएनन्

मुगु । विश्व रक्तदाता दिवसका अवसरमा सदरमुकाम गमगढीमा १ सय ५१ जनाले आफ्नो रगतको समूह पहिचान गरेका छन् । विश्व रक्तदाता दिवसका दिन मुगुमा रक्तदान गर्न गएकाहरूको ब्लड बंैक अभावले गर्दा ब्लड ग्रुप मात्र पहिचान गरिएको हो ।

‘यहाँ ब्लड बैंक छैन । आवश्यक परेको बेलामा बोलाउन सजिलो होस् भनेर रक्तदाता दिवसका अवसरमा रगत पहिचान कार्यक्रम गरिएको हो,’ जिल्ला अस्पताल मुुगुका सूचना अधिकारी बलीराज बुढाले बताए । उनका अनुसार रगत पहिचान कार्यक्रममा सामान्यतया १८ देखि ६० वर्ष उमेर समूहका गरी १ सय ५१ जना सहभागी भएका सूचना अधिकारी बुढाको भनाइ छ । यो कार्यक्रमले तत्कालका लागिभन्दा पनि पछि फाइदा हुने नेपाल रेडक्रस सोसाइटीका मन्त्री जयबहादुर मल्लले बताए । ब्लड बंैक भएको भए आजै रगत जम्मा गरिन्थ्यो । बैंकको अभावले रगत मात्र पहिचान गर्नुपरेको मल्लले बताए ।

मृत्युको मुखमा पुग्न लागेका बिरामीहरूलाई रक्तदान गरेरे बिरामीको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई जीवनदानसमेत भन्ने गरिन्छ । यस्ता कार्यक्रमहरू निरन्तर गरिनुपर्ने र स्वस्थ व्यक्तिको रगत पहिचान गरी बिरामीका लागि उपयोगी हुने चिकित्सकहरूले बताएका छन् । मुगुमा ब्लड बैक नुहँुदा रगत अभावले बिरामी छटपटाइरहेका हुन्छन् । रगतका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतलाई गुहार्नुपर्ने हुन्छ । रगत पहिचान कार्यक्रमले बिरामीलाई केहीसम्म राहत हुने जिल्ला अस्पताल मुगुले जनाएको छ । कार्यक्रम जिल्ला अस्पातल मुगु, नेपाल रेडक्रस सोसाइटीले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया