पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण सुरु

काठमाडौँ । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण भएको छ । करीब चार बर्ष अघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो । गत सोमबार प्राडा राकेश बर्माको टोलीको साढे तीन घण्टा लगाएर भक्तपुर (६ निवासी ५४ वर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५ बर्षीय आफ्ना भान्जा रिजनवीर जोशीले मिर्गौला दिएका हुन् ।

‘७२ घण्टा भयो, प्रत्यारोपण भएका बतासको स्वास्थ्य सुधारोन्मुख छ । हामी खुशी छौँ,’ डा बर्माले भने । उनले अब दोस्रो केश पनि छिटै गर्ने बताए । प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा. प्रविण जोशी , डा. सुदीपराज केसी, डा. भूषण तिमल्सेना, डा. माधव घिमिरे, डा. वीरेन्द्र यादवलगायतको टोली खटिएको डा. बर्माले बताए ।

प्रतिक्रिया