काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडल पोखरा महानगरपालिका २५ मा हेम्जा शाखा कार्यालयको सत्तचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रूपमा गरे ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरूको चाहना र आवश्यकतामा भएको परिवर्तन सँगसँगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवाप्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
प्रतिक्रिया