अफगानिस्तानी सुरक्षाकर्मीको कारबाहीमा १९ लडाकू मारिए

तालुक्वान । सरकारी सुरक्षाकर्मीहरूले चलाएको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा बिहीबार १९ जना लडाकू मारिएका छन् । देशको ताखार प्रान्तको खवजा घार जिल्लामा भएको घटनामा परी अरु कैयौँ लडाकू घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो समय सरकारी पक्षबाट त्यस क्षेत्रका लगातार आक्रमणहरु भइरहेको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । आक्रमण बढेपछि तालिवान लडाकूहरू ज्यान जोगाउन त्यस क्षेत्रबाट भागेको पनि वक्तव्यमा जनाइएको छ ।

त्यस क्षेत्रमा अहिले भइरहेको आक्रमण देशकै मुख्य प्रतिरक्षात्मक आक्रमण भएको सरकारी अधिकारीहरूले बताएका छन् । लडाकूहरू छैनन् भन्ने विश्वास नहुँदासम्म आक्रमण जारी रहने जनाइएको छ । तालिवानी लडाकूहरूको तर्फबाट भने यस घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया