दलित छात्रालाई छात्रावृत्ति

मुगु । जिल्लाभरका अति विपन्न आर्थिक अभावमा पठनपाठनमा समस्या झेलिरहेका दलित छात्रालाई दलित छात्रावृत्ति प्रदान गरिएको छ ।

विगत १४ वर्षदेखि अति विपन्न आर्थिक अभावमा पठनपाठनमा समस्या झेलिरहेका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गदै आएको ग्रामीण समुदायक संस्था जिएसएस मुगुले यो वर्ष पनि १९ जना दलित छात्रालाई छात्रावृत्ति प्रदान गरेको हो ।

बुधबार मुगु सदुरमुकाम गमगढीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्नातकोस्तरसम्म अध्ययन गर्ने १० जना दलित छात्रालाई नौ हजारका दरले र मावि स्तरका विद्यार्थीलाई स्टेसनरी सामान, लत्ताकपडा र ड्रेस सिलाउनका लागि नगद सात सयका दरले नौ जना गरी १९ जना दलित छात्रालाई छात्रावृत्ति प्रदान गरिएको ग्रामीण सामुदायक संस्था जिएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले जानकारी दिए । उनका अनुसार आर्थिक अभावले विद्यालय जान नसक्ने अवस्था भएका जिल्लाभरका दलित छात्रालाई छनोट गरी छात्रावृत्ति प्रदान गरिएको बताए ।

यो वर्ष मात्र दलित छात्रा छात्रावृत्ति कार्यक्रमअनुसार दुई लाखभन्दा बढीको साम्रगी र नगद सहयोग गरिएको छ । मुगु जिल्लाको शैक्षिक अवस्था खस्कँदो अवस्थामा रहेको र यसका बाबजुत दलित छात्रालाई विद्यालय स्तरमा पहुँच बढाउन उनीहरूको मानवीय विकास गर्न यो कार्यक्रम गर्दै आएको र दलित छात्रावृत्ति कार्यक्रमले दलित छात्रालाई थप टेवा पुगेको अध्यक्ष साहानीले बताए । विगत ०६२ सालदेखि यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउँदै अध्यक्ष साहानीले यहिले सम्ममा २ सय ५५ जना दलित छात्रालाई सहयोग गरेको र त्यसमध्ये १८ जना प्राविधिकतर्फ स्वरोजगार भएका छन् भने १६ जना अस्थायी रोजगारी पाएका र एक जना नेपाल सरकारको स्थायी कर्मचारी भएको जानकारी दिए ।

छात्रावृत्ति पाएसँगै खुसी हुँदै रारा बहुमुखी क्याम्पसमा बिएड सेकेन्ड सेमिस्टारमा अध्यनरत छात्रा सन्तोषी नेपालीले छात्रवृत्ति कार्यक्रमले जीवन परिर्वतन गरेको बताइन् । भर्ना गर्ने पैसानी हुँदैन त्यो वेला विद्यालय छाड्नुको विकल्पबाहेक अरू हँुदैन । यस्तो सहयोग गर्दै जाँदा आर्थिक विपन्न भएका दलित छात्रालाई विद्यालय जान धेरै सहज भएको छ । रकम अलि कम भएकाले केही थप गरेको भए अझै सहज हुने सन्तोषीको भनाइ छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितका प्रमुख पूर्णबहादुर रोकाले भौतिक विकास मात्र नभई मानवीय विकास पनि अपरिहार्य भएको बताए । उनले विपन्न दलित वर्गका छात्रालाई छात्रावृत्ति सहयोग गरेर सुनोलो संसारमा रूपान्तण गर्न सहयोग गरकाले ग्रामीण सामुदायिक संस्था जिएसएसलाई धन्यवाद दिँदै विद्यार्थीलाई पनि नियमित विद्यालय जान र छात्रावृत्तिको सदुपयोग गरी जीवन उपयोग बनाउन आग्रह गरे ।

प्रतिक्रिया