भुटानको फराकिलो हार

एजेन्सी, गुआम । सन् २०२२ को विश्वकप छनोट अन्तर्गतको एसियन क्षेत्रको छनोटको पहिलो चरणको दोस्रो लिगमा भुटानले फराकिलो हार बेहोरेको छ । पहिलो लेगमा १–० को जित सफलता हात पारेको भुटान दोस्रो लेगमा गुआमसँग ५–० को भारी अन्तरले पराजित भएको हो । गुआम समग्रमा ५–१ को जित निकाल्दै दोस्रो चरणमा पुग्न सफल भयो ।

गुआमको फराकिलो जितमा कुनलिफीले ह्याट्रिक पूरा गरे । इसिया लगुटाङ र सेन माल्कमले समान १ गोल गरे ।
गुआममा भएको खेलमा २३औँ मिनेटमा लगुटाङले गोलबाट गुआमले खेलमा अग्रता लिएको थियो । २७औँ मिनेटमा कुनलिफीले गोल गरेपछि गुआमले पहिलो हाफमा २–० को अग्रता बनायो । ५१औँ मिनेटमा माल्कमले गोल गरेपछि गुआम ३–० को आरमदायी अग्रतामा पुग्यो । त्यसपछिको दुवै गोल कुनलिफीको नाममा रह्यो । ८२ औंँर ९० औँ मिनेटमा कुनलिफीले गोल गर्दै ह्याट्रिक पूरा गर्दै टोलीलई ५–० को फराकिलो जित दिलाए ।

नेपालले एसियाली वरीयताको शीर्ष ३४ स्थानमा परेपछि सिधै दोस्रो चरणको छनोट खेल्नेछ । दोस्रो चरणको छनोटमा नेपालले एसियाका महारथी टोलीसँग होम एन्ड अवे पद्दतिमा हुने छनोट समूहमा खेल्नुपर्ने छ । नेपालले अघिल्लो साता चाइनिज ताइपेइसँग १÷१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया