भाटभटेनी रेमिट र एनसीसी बैंकबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरूले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया