‘विज्ञापन रद्ध हुदैन’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाले प्रकाशित गरेको विज्ञापन नरोकिने बताएका छन् । उनले मन्त्रालयले तत्काल रोक्ने सम्भावना नरहेको समेत स्पष्ट पारे ।

मन्त्री पण्डितले तत्काल विज्ञापन नरोकिने भन्दै स्थानीय तहलाई कर्मचारी पठाइने उल्लेख गरे । विज्ञापन रद्द गर्न राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्देशनको अन्तिम व्याख्या अदालतले गर्ने भएकाले अहिले केही नहुने प्रष्टाए । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पण्डितले निर्देशनको बारेमा आयोग र समितिमा तत्काल कुनै पत्राचार नगर्ने भन्दै संवैधानिक संकट देखिए यसको छिनोफानो अदालतले गर्ने बताए ।

प्रतिक्रिया