नेपाल र मौरिससबीच श्रम समझदारी

काठमाडौं । नेपाल र अफ्रिकन मुलुक मौरिससबीच द्विपक्षीय श्रम समझदारीमा मंगलबार जेनेभामा हस्ताक्षर भएको छ । २५ हजार डलर प्रतिब्यक्ति आय भएको मौरिसससँग नेपालले पहिले विप्पा सम्झौता गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र समकक्षी श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीसँगै कामदारको छनोट तथा भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने छ भने कामदारले कुनै पनि शुल्क तिर्नुपर्ने छैन् । समझदारीमा रोजगारदाताको कमीकमजोरीका कारण वा प्रतिष्ठान बन्द भई कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने प्रावधान राखिएको छ ।

नेपाली श्रमिकलाई मरिससका नागरिकको न्यूनतम ज्यालाभन्दा कम नहुने गरी तलब सुविधा उपलब्ध गराउनुपर्ने तथा कुनै पनि कामदारलाई ज्याला, अतिरिक्त कामको अतिरिक्त भत्ता, कार्य वातावरण र न्यायमा पहुँचजस्ता विषयमा कुनै विभेद गर्न नपाइने समझदारीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया