आर्मीलाई चौथोपटक प्रधानसेनापति पुरुष भलिबल

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लगातार चौथोपटक उपाधि हात पारेको हो ।  सेमिफाइनलमा बलियो टिम एपिएफलाई निराश बनाएको गण्डकीले लगनखेलस्थित सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलको पहिलो सेटमा आर्मीमाथि पूरै हाबी भएको थियो ।

गण्डकीले पहिलो सेटको सुरुआतदेखि नै घरेलु समर्थकको राम्रो साथ पाएको आर्मीलाई दबाबमा राखेको थियो । सन्जुविक्रम शाहीको उत्कृष्ट प्रदर्शनको मद्दतले गण्डकीले आर्मीविरुद्धको पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै घरेलु टोलीलाई दबाबमा पारेको थियो ।

दोस्रो सेटमा पनि गण्डकीले पहिलो अंक लिँदै राम्रो सुरुआत गर्ने संकेत गरेको थियो । दोस्रो सेटमा एक समय आर्मी र गण्डकी ६–६ को बराबरीमा थियो । तर, गण्डकीले दुई अंक मात्र थप्दा आर्मीले लगातार दबाब बनाउँदै सेट नै आफ्नो बनायो । दोस्रो सेटमा गण्डकीले बिर्सनलायक डिफेन्स गर्दा आर्मीले ब्लकमा पनि निकै सुधार गरेको थियो । २५–१६ ले पहिलो सेट आफ्नो पक्षमा पार्दै भलिबलमा विभागीय दबदबा तोड्ने संकेत गरेको थियो ।

तर, लगातार पछिल्ला तीन सेटमा भने गण्डकीले सोचेजस्तो प्रदर्शन गर्न सकेन । पहिलो सेट गुमाएको आर्मीले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । आर्मीले २५–८ ले दोस्रो सेट जितेपछि एक–एकको बराबरी गरेको थियो । दोस्रो सेटमा पनि आर्मी नै गण्डकीमाथि हावी भयो । आर्मीले २५–१० ले गण्डकीलाई निराश बनाएको थियो ।

चौथो सेटमा आर्मीले २५–१६ को जित निकाल्दै लगातार चौथोपटक प्रधान सेनापति कप पुरुष भलिबलको उपाधि जित्न सफल भयो । विजेतासँगै आर्मीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उप विजेता भएको गण्डकी प्रदेशले एक लाख ७५ हजार र तेस्रो भएको नेपाल पुलिस क्लबले ७५ हजार पाएको छ ।

प्रतिक्रिया