काठमाडौं । सिटी एक्सप्रेसको झण्डा सगरमाथा चुचुरोमा पुगेको छ । जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारालाई आत्मसात गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोपसङ रेमिटान्सका संस्थापक, हटिया ३, संखुवासभा निवासी २६ बर्षिय जेनजेन लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका हुन् । सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोहबीच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेनजेन लामालाई बधाई दिए ।
प्रतिक्रिया