काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा गरी दुई शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकको गोलन्जोर शाखाको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले उद्घाटन गरे । त्यस्तै, जुम्ला शाखाको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीले संयुक्त रूपमा उद्घाटन गरे ।
यससँगै, बैंकको शाखा संख्या ४ एक्स्टेन्सन् काउन्टर सहित १५६ पुगेको छ । त्यस्तै, बैंकले १०० शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटएिम र १ हजार ३ सयभन्दा बढी पओएस मेसिनमार्फत उच्च स्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया