एजेन्सी, फ्रान्स । अस्ट्रेलियाकी अस्लेघ बार्टीले फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै करियरको पहिलो ग्रान्डस्लाम उचालेकी छन् । शनिबार भएको फाइनलमा चेक रिपब्लिककी युवा खेलाडी मार्केटा भोन्ड्रौसोभालाई ६–१ र ६–३ ले सहजै पराजित गरेकी बार्टीले विश्व टेनिसमा आफूलाई सफल खेलाडीको रूपमा उभ्याइन् । सफलतापछि बार्टीले पछिल्ला सफलताहरू आश्चर्यजनक रूपमा नरहेको बताउँदै टेनिसमा यादगार यात्रा गरिरहेको उल्लेख गरिन् ।
‘पछिल्ला समय टेनिसमा राम्रो बितिरहेको छ,’बार्टीले भनिन्,‘ फाइनलको समय कोर्टमा यो अवसर कहिले नमिल्ने सोच्दै यसलाई सदुपयोग गर्ने योजना बनाएको थिए । सोहीअनुरूपमा सफल पनि भए ।’ बार्टीले सफलताको नयाँ क्षेत्रमा जाने सबैको लक्ष्य हुने उल्लेख गर्दै यसलाई निरन्तर आगाडि बढाउने प्रतिक्रिया दिइन् । अहिले विश्वको शीर्ष वरीयतामा जापानिज युवा खेलाडी नाओमी ओसाका छिन् ।
फ्रेन्च ओपनमा महिलातर्फ यसपटक नयाँ विजेता निस्किइन । शिर्ष १० मा रहेका खेलाडी सेमिफाइनलसम्म पुग्दा एकपछि अर्के रूपमा आउट हुँदै गए । यस्तोमा अनुमान लगाइएको थियो की नयाँ खेलाडीले यसपटकको फ्रेन्च ओपनको उपाधि जित्छ भने । हुन पनि त्यस्तै भयो । यसपटकको फ्रेन्च ओपन जित्ने खेलाडी टेनिस भन्दा अगाडी क्रिकेटमा पनि अब्बल खेलाडी रहेको भन्दा अचम्म लाग्नसक्छ । हो अष्ट्रेलियाकी अस्लेघ बार्टीको करियरको सुरुवात टेनिसबाट भएको भएपनि पछि उनले क्रिकेटमा पनि आफुलाइ प्रमाणित गरेकी थिइन ।
सानो उमेरमै टेनिस खेल्न सुरुआत गरेकी बार्टीले टेनिसबाट ब्रेक लिएर क्रिकेट खेलिन्। सन् २०१४ मा टेनिस छाडेर क्रिकेट रोजेकी उनले १७ महिनापछि नै क्रिकेटलाई छोडेर फेरि टेनिसमै फर्किइन्। २०१४ मा युएस ओपन खेलेपछि उनले टेनिसबाट ब्रेक लिदै क्रिकेट रोजिन । जसमा उनले अस्ट्रेलियन वुमन्स विग बाग लिग समेत खेलिन् । पहिलो सिजनमा ब्रिसबेन हिटबाट खेलेकी खेलेकी बार्टीले पहिलो खेलमा नै ३९ रन बनाएकी थिइन् । उनी क्रिकेटमा राम्रै गरिरहेको भएपनि अचानक क्रिकेट छोडेर फेरी टेनिसमा फर्किइन । यसको मुख्य कारण उनमा फिटनेस र टेनिस कला यति छ की उनले आफूलाई कोर्टमा उतारेको एक महिनामा नै राम्रो लयमा ल्याईन् ।
प्रतिक्रिया