जर्मनी र इटाली विजयी हुँदा फ्रान्स स्तब्ध

एजेन्सी, फ्रान्स । युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा जर्मनी र इटली विजयी हुँदा विश्व विजेता फ्रान्स भने टर्कीसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा जर्मनले बेलारुसलाई २–० ले हरायो । जर्मनको जीतमा साने र मार्कुस रिउसले एक एक गोल गरे । अर्को खेलमा इटलीले पूर्वच्याम्पियन ग्रीसलाई ३–० ले पाखा लगायो । इटलीको जीतमा बारेला, इन्सिग्नी र बोनुसीले एक–एक गोल गरे । उसले तीनै गोल पहिलो हाफमा गरेको थियो । यता विश्व  च्याम्पियन फ्रान्स भने टर्कीसँग २–० ले स्तब्ध भयो ।

विश्व विजेता फ्रान्सलाई हराउँन टर्कीले पहिलो हाफमा दुई गोल गर्न सफल भएको थियो । टर्कीको जितका लागि कान आयनले ३० औँ मिनेटमा हेडर र ४० औँ मिनेटमा सेन्गीज अन्डरले गोल गर्दै अग्रता दिलाएका थिए । योसँगै आयोजना गरेको टर्कीले फुटबल इतिहासमा पहिलो पटक फ्रान्सलाई पराजित गर्न सफल भएको हो ।

प्रशिक्षक डेडियर डेसच्याम्पले विश्वकप खेलेका ९ खेलाडीलाई मैदान उतारे पनि गोलका अवसर सिर्जना गर्न निकै असफल भएको थियो । टर्कीसँगको पराजयले हामीलाई गालामा झापड हाने जस्तै भएको छ । मेरो भन्नु केही छैन,’ प्रशिक्षक डेसच्याम्पले भने, आउँदो मंगलबार हामीलाई छुट्टै चुनौती छ । जीत निकाल्न सफल टर्कीलाई बधाई दिन चाहन्छु । हामीले आउँदो खेलमा राम्रो गर्न सुरुआतबाट नै मेहनत गर्न जरुरी छ ।’

जीत निकाल्न सफल टर्कीले समूह एच को तालिकामा तीन अंक जोड्न सफल भएको छ । यो सँगै टर्कीको लगातार तीन खेलको जीतसँगै तालिकामा ९ अंक भएको छ । जीत निकालेको टर्कीले मंगलबार आइसल्यान्डको सामना गर्नेछ भने पराजित फ्रान्सले एन्डोरासँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका तीन खेल खेलेको फ्रान्स ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

युरोकप छनोट अन्तर्गत शनिबारै सम्पन्न समूह सी को खेलमा जर्मनीले घरेलु टोली बेलारूसमाथि २–० को जीत निकालेको छ । योसँगै जर्मनीले समूह तालिकाको लिग खेलमा लगातार दोस्रो जीत निकालेको छ । जर्मनीको समूह तालिकामा ६ अंक भएको छ ।

बेलारुसमाथि जीत दिलाउन लोरी साने र मार्कुस रियुसले पहिलो र दोस्रो हाफमा गोल गरे । सम्पन्न विश्वकपमा खराब नतिजाका साथ बाहिरिएको जर्मनीको जीतका लागि १३औँ मिनेटमा लोसी सानेले गोल गर्दै टोलीका खाता खोलेका थिए । विश्वकपमा आलोचित भएको टोलीले पहिलो हाफमा प्रदर्शन गरेको लयलाई निरन्तरता दिँदा दोस्रो हाफमा पनि गोल गर्न सफल भएको हो । ६२ औँ मिनेटमा मार्कुसले गोल थप्दै जर्मनीलाई बलियो अवस्थामा पु¥याएका थिए । बाँकी समयमा बेलारुस खेलमा फर्किन निकै संघर्ष गरे पनि गोल फर्काउन भने सकेन । समूह सी मा रहेको बेलारुसले योसँगै छनोट प्रतियोगितामा लगातार तेस्रो पराजय भोगेको छ । बेलारुस तालिकामा अंक विहीन छ ।

छनोट अन्तर्गत शनिबार भएको समूह आई को खेलमा बेल्जियम र स्कटल्यान्डले जीत निकालेका छन् । काजकिस्तानविरुद्ध ३–० को जीत निकालेको बेल्जियमले लगातारका तीन खेलमा जीत दर्ता गरेको हो । योसँगै बेल्जियमले समूह तालिकामा ९ अंक बनाउँदै शीर्षता कायम गरेको छ । यस्तै तीन मध्ये दुई खेलमा जीत निकालेको स्कटल्यान्डको तालिकमा ६ अंक भएको छ । स्कटल्यान्ड समूह आई मा रहेको रुससँग गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

बेल्जियमलाई छनोट खेलको तेस्रो खेलमा पनि सफलता दिलाउन डेरिस मार्टिन्स, टिमोथे कास्टग्ने र रोमेलु लुकाकुले एक÷एक गोल गरे । रुसमा सम्पन्न विश्वकपको संस्करणमा सेमिफाइलनबाट विदाई भएको बेल्जियमले काजाकिस्तानविरुद्ध ११औँ मिनेटमा डेरिस मार्टिन्सको गोलबाट सुरुआती अग्रता लिएको थियो । त्यसको तीन मिनेट पछि टिमोथेले टोलीका लागि दोस्रो गोल गर्दै अग्रता २–० मा पु¥याए । पहिलो हाफमा लिएको अग्रतापछि उच्च मनोबलमा रहेको बेल्जियमका लागि लुकाकुले ५० औँ मिनेटमा तेस्रो गोल थप्दै अग्रता फराकिलो पारे । बाँकी समयमा काजाकिस्तान खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र बेल्जियमलाई नतिजा सुम्पिन बाध्य बन्यो ।

समूह आई कै खेलमा साइप्रसमाथि २–१ को जीत निकाल्न स्कटल्यान्डका लागि कालुम म्याकग्रेगोरले र ओलिभर बुर्केले एक÷एक गोल गरेका थिए भने आयोनिस काउसोलोसले एक गोल फर्काएका थिए । छनोट अन्र्गत समूह जे को खेलमा इटालीले ग्रीसमाथि ३–० को जीत निकाल्यो । ग्रीसलाई उसैको मैदानमा हराउन इटालीका निकोलो बारेला, लोरेन्जो इन्सीग्ने र लियानार्दो बोनोचीले एक÷एक गोल गरे ।

लगातारका तीन खेलमा जीत निकालेको इटालि समूह आई को शीर्ष स्थानमा छ । तीन खेलमा स्पष्ट जीत निकाले इटालीको ९ अंक छ । पराजित ग्रीसले पहिलो पराजय भोगेको छ । सम्पन्न तीन खेल मध्ये एक खेलमा जीत, एक खेलमा बराबरी र एक खेल गुमाएको ग्रीसको समूह तालिकामा ४ अंक छ ।

प्रतिक्रिया