काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले गोरखा जिल्लाको गोरखा नगरपालिका ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनँहु जिल्ला भानु नगरपालिका ५ डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्घि लघुवित्तलाई एक्वायर गर्ने विशेष प्रस्ताव पारित गरेको छ । विशेष साधारण सभाले आर्थिक समृद्घि लघुवित्त वित्तीय संस्थाको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तय भएको १००ः८० सेयर स्वापको मुख्य एजेन्डा पारित गरेको छ ।
उक्त साधारण सभाले एक्विजिसन पश्चात् एक कित्ता बराबर एक कित्ता (१ः१) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारी पछि वित्तीय संस्थाको चुक्तापूँजी १४ करोड सत्तरी लाख रुपैयाँ पुग्ने छ र एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशनअनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया