स्याङ्जा । सिद्धार्थ राजमार्गको साघुँरो सडक, यही सडकका दायाँबायाँ खोलिएका अस्तव्यस्त ग्रामीण सडक खण्ड ।दैनिक हजारभन्दा बढी लामो तथा छोटो दुरीका भारतीय र नेपाली सवारी साधान यो राजमार्गमा गुड्ने गर्दछन् ।
भारत र नेपालको सिमाना जोड्ने यस राजमार्ग १ सय ८१ किलोमिटर छ । स्याङ्जा जिल्लाले मात्र यस राजमार्गको ७९ किलोमिटर राम्दीदेखि कुभिन्डेसम्म ओगटेको छ । साघुँरो सडक मात्र होइन राजमार्गसँग मिसिन आउने विभिन्न ३८ वटा शाखा ग्रामीण सडकले दुर्घटनाको जोखिम बढाएका छन् ।
अधिकांश ग्रामीण सडक खण्डका चालक तथा यात्रुले ट्राफिक नियम विपरित यात्रु चढाउने गरेको पाईएको छ । विनालाइसेन्स सवारी हाँक्नेजस्ता गतिविधिले सवारी दुर्घटना हुने गरेका कारण स्याङ्जाको वालिङमा ट्राफिक व्यवस्थापन एवं सुधार विषयक एकदिने अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा स्याङ्जाको वालिङमा ट्राफिक व्यवस्थापन एवं सुधार विषयक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । वालिङ नगरभित्र चल्ने सवारीका चालक, सहचालक, सवारी व्यवसायी एवं यातायात व्यवसायीलाई सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना कसरी गर्ने भन्ने विषयमा अन्तक्र्रिया गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख रेशमबहादुर रानाभाटले बताए ।
प्रदेश सरकारले बढ्दो सवारी दुर्घटना निराकरण गर्न जनचेतनामूलक कार्यक्रम विभिन्न जिल्लामा गर्दै आएको गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव गोपीकृष्ण रेग्मीले जानकारी दिए । ट्राफिक नियमको पालना नगर्दा अत्यधिक दुर्घटना भएको बताउँदै रेग्मीले भने, ‘ट्राफिक नियम ट्राफिकका लागि होइन सवारी चालक र यात्रुका लागि हो, दुर्घटना भएपछि पछुताउनुभन्दा पहिले नै यात्रु पनि सचेत हुन आवाश्यक छ ।’
प्रदेश ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको समन्वयमा आयोजना गरिएको अन्तत्र्रिmया कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खाँण, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफ्ले, प्रहरी निरीक्षक शंकर आचार्य सहायक प्रमुख जिल्ला अधिकारी धुब्र गिरी लगायतले ट्राफिक नियम सबैले पालना गर्दै दुर्घटना निराकरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरूलाई सचेतनामूलक विभिन्न वृत्तचित्र प्रदर्शन गरिएको थियो । ‘यस्तो कार्यक्रम वेलावेलामा ल्याउन सके चालकलाई नयाँ नीतिनियमको बारेमा जानकार हुन मद्दत पुग्ने थियो’, २३ वर्षीय महिला अटो चालक अञ्जना खनालले बताइन् ।
अधिकांश सार्वजनिक सवारी साधनले गन्तव्यमा नपु¥याउने, सिट संख्याभन्दा बढी यात्रु राखेर सवारी हाँक्नेजस्ता समस्या रहेको कार्यक्रममा सहभागीले गुनासो गरे । विशेष गरी वालिङ काठमाडौंका हाइसले मुढा, काठको फट्टा राखेर यात्रु चढाउने गरेको गुनासो सञ्चारकर्मी हिमलाल पराजुलीले राखे ।
स्याङ्जा जिल्लामा जम्मा पाँच वटा ट्राफिक कार्यालय छन् । यी पाँच वटा कार्यालयमा जम्मा १७ जना मात्र ट्राफिक प्रहरी छन् । सवारी साधन कुनै कार्यालयमा छैनन् । प्रहरीको संख्या थोरै त्यो पनि सवारी साधन नहुँदा सडक दुर्घटनामा समयमा पुग्न गाह्रो हुने गरेको ट्राफिक कार्यालय वालिङका प्रमुख तेज राबल बताउँछन् ।
थोरै सख्याको ट्राफिक प्रहरीले पनि दुर्घटना निराकरणमा उल्लेख्य कार्य गरेको बताउँदै पहिलेको तुलनामा यसवर्ष कम दुर्घटना घटेको राबलको भनाइ छ ।
यस वर्षको तथ्यांकअनुसार जिल्लाभित्र ११ वटा सवारी साधन दुर्घटना भएका छन् । जसमध्ये ६ जनाको ज्यान गएको छ । आठ जना गम्भीर घाइते र ४३ जना साधारण घाइते भएका छन् । पर्याप्त जनशक्ति, साधन स्रोत हुनसके लापरबाहीका कारण हुने दुर्घटनाको पूर्णरूपमा रोकथाम गर्न सकिने अन्तत्र्रिmया कार्यक्रमका सरोकारवाला निकायले निष्कर्ष निकालेका छन् ।
स्याङ्जा
प्रतिक्रिया