बुलिङटार । पुर्वी नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका वडा नं ६ भारतीपुरस्थीत एक दलित महिलामाथि जर्बजस्ती यौन दुर्व्यबहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुलिङटार ६ भारतीपुरकी एक ३० बर्षीया दलित महिला माथि जर्बजस्ती यौन दुर्व्यबहार गर्ने सोही गाउँपालिका वडा नं ६ भारतीपुरकै बर्ष ३६ का लालबहादुर राना मगर रहेको प्रहरी चौकी बुलिङटारले जनाएको छ । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीमा बुझाइएको छ ।
आरोपीत राना पटक पटक गलत कार्यमा संलग्न रहँदै हिरासतमा पर्ने गरेको र ति दलित महिलालाई पनि पटक पटक धम्कयाउँदै जर्बजस्ती यौन दुर्व्यबहार गर्ने गरेको बताइएको छ । पीडित महिलाका अनुसार यस घटनाको बारे बाहिर कसैलाई भनेदेखि ज्यान मार्ने धम्कीसमेत दिएर उनलाई रानाले जर्बजस्ती यौन दुर्व्यबहार गरेको घटना स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर पुगेको थियो ।
आरोपीत रानालाई हाल जिल्ला प्रहरी कार्यालय कावासोतीमा हिरासतमा राखी अनुसन्धान गरिएको छ । यसै बीच प्रहरी हिरासतमा परेका लालबहादुर राना मगरले बुलिङटार गाउँपालिका ६ भारतीपुरकै वडाध्यक्ष सुर्यबहादुर राना मगरलाई समेत ज्यान मार्ने धम्की दिएको र निजलाई ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको जनाईएको छ ।
समाजमा गलत गतिबिधिमा सकृय आरोपीत लालबहादुरलाई हदै सममको कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा मूद्दा दर्ता गरिएको भारतीपुरका स्थानीयले जानकारी दिए । वडाध्यक्ष रानामगरले आफुलाई पटक पटक धम्कयाउने लालबहादुरलाई किटानी सहितको जाहेरी दिएको बताए ।
प्रतिक्रिया