एजेन्सी, लन्डन । ओपनर जोसन रोयले सानदार शतक प्रहार गरेपछि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १२ औँ खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो हालसम्मकै उच्च योगफल हो ।
कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रन बनायो । इंग्ल्यान्डलाई विशाल योगफल तयार पार्न ओपनर जोसन रोयले उत्कृष्ट आक्रमक शतक प्रहार गरे । रोयले २७ ओभरको पाँचाँै बलमा चौका प्रहार गर्दै ९२ बलमा आफ्नो वान डे करियरको नवौँ शतक पूरा गरेका थिए ।
आक्रमक रुपमा ब्याटिङ गरेका रोयले ३५ ओभरको चौथो बलमा मेहदी हसन मिराजलाई लगातार चार छक्का प्रहार गर्ने धुनमा मोर्तजाबाट १ सय ५३ रनमा क्याच आउट हुन पुगे । रोयले १ सय २१ बलमा १४ चौका र ५ छक्का प्रहार गरे । रोयले पहिलो विकेटका लागि ओपनर जोनी वेयरस्टोसँग १९ दशमलव १ ओभरसम्म १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुआती दिलाएका थिए ।
यी दुईबचको साझेदारी मोर्तजाले मेहदी हसनबाट बेयरस्टोलाई ५१ रनमा क्याच गराउँदै तोडेका थिए । उनले ५० ओभरमा ६ चौका प्रहार गरे । जो रुटलाई मोहम्मद सैफुद्दीनले २१ रनमा बोल्ड आउट गरे । जस बटलरले पनि आक्रमक ब्याटिङ गर्दै ४४ बलमा ४ छक्का र २ चौका सहित ६४ रनमा क्याच आउट भए ।
कप्तान इओन मोर्गन पनि ठूलो शट खेल्ने धुनमा ४७ ओभरको पाँचौँ बलमा बाउन्डीलाईन नजिकै सौम्य सरकारबाट क्याच आउट हुनुअघि ३३ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा आउट भए । तल्लोक्रममा क्रिस वोक्सले ८ बलमा २ छक्का सहित १८ रनमा अविजित रहे । लियाम प्यान्केट ९ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा नट आउट रहे । बेन स्टोक्स ६ रनमा आउट भए ।
बंगलादेका लागि मेहेदी हसन मिराज र मोहम्मद सैफुद्दीनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान र मशरफे मोर्तजाको नाममा पनि समान १ विकेट रह्यो ।
प्रतिक्रिया