काठमाडौं । सनराइज बैंकको बुधबार बसेको सञ्चालक समितिले चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरज श्रेष्ठ नियुक्त गरेको छ । बैंकले रत्नराज बज्राचार्य बाहिरिएपछि श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठले आफ्नो कार्यकाल पूरा नहुँदै माछापुच्छ्रे बैंकबाट राजीनामा दिएर बसेका थिए । ३० वर्षको बैंकिङ अनुभाव बटुलेका श्रेष्ठले स्ट्यान्डर्ड चार्टर्डबाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् ।
निरज कुमार श्रेष्ठ तत्कालीन ग्रिन्डलेज बैंक लिमिटेड ९हाल स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड० मा १९८९ बाट सेवा प्रारम्भ गरेका श्रेष्ठले करिब १३ वर्षको कार्यानुभव लिएका छन् । उनले एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा करिब ३ वर्ष जिम्मेवारी सम्हाली सकेका छन् ।
प्रतिक्रिया