स्याङजा । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्चीवी नेपालले समृद्ध मुलुक बनाउने सपना मात्र बोकेर मुलुक समृद्ध नहुने बताएका छन् । स्याङजाको वालिङमा सुरु भएको २ दिने बैकिङ तथा बिमा एक्स्पोको उद्घाटन गर्दै नेपालले मुलुक समृद्ध बनाउन कानुनमा सहज र करमा सहुलियत दिएर दक्ष जनशक्तिलाई स्वदेशमै राख्ने कार्यक्रम ल्याउन आवश्यक रहको विचार व्यक्त गरे । कुनै पनि देश र व्यापारिक केन्द्रको विकाश गर्न वित्तीय जागरण आवश्यक रहेको बताउँदै वित्तीय जागरण कमजोर भएको कारण नेपाल पनि पछि परेको उनको भनाइ थियो ।
नेपालमा सबै जागिरको पछाडि दौडिनु अर्को दुर्भाग्य भएको बताउँदै उनले भने , ‘अब जागिरको पछाडि युवाहरूलाई दौडाउने होइन , उनीहरूलाई उद्यमशिलता र व्यवसायीकता बनाउन आवश्यक छ ।’ युवा पुस्तालाई देशमै आकर्षित गर्न कानुनमा सहजता र करमा सहुलियत दिँदै कलकारखाना, उद्योग धन्दालाई प्रोत्सहान गर्नुपर्ने डा. नेपालले बताए । दक्ष जनशक्तिलाई जागिर र खाडीमा पठाउने , त्यो पसिनाले कमाएको पैसा विदेशबाट निर्यात गरेको तरकारी र फलफूलमा खर्च गरेर वित्तीय जागरण नआउने उनले बताए ।
ग्रामीण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बिमा समिति र वालिङ उद्योग वाणिज्य संघको सहकार्यमा उक्त एक्सपोको आयोजना गरिएको हो । वालिङ नगरपालिका भित्र रहेका १४ कमर्सियल , ७ वटा विकाश बैक र १ फाइनाइन्स गरी २२ वटा वित्तीय संस्था उक्त एक्सपोमा सहभागी छन् । एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, वित्तीय साक्षरता सम्बन्धी विशेष अन्तरक्रिया गरिने बताइएको छ । १४ कमर्सियल , ७ वटा विकाश बैक र १ फाइनान्स गरी वालिङमा भएका २२ वटा वित्तीय संस्था उक्त एक्सपोमा सहभागी छन् । उक्त एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, वित्तीय साक्षरता सम्बन्धी विशेष अन्तरक्रिया गरिने बताइएको छ ।
प्रतिक्रिया