मुगु । मुगु जिल्लाको पूर्वीकरान भेगमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका–२ मुगु गाउँका युवाहरूले नेपाल सरकारको कुनै निकायबाट अनुमति नलिई अवैधानिक रूपमा वाकीटकी चलाउँदै आएका छन् । चीनबाट ल्याएका ती वाकीटकीको अनुमति उनीहरूले लिएका छैनन् । कुन प्रयोजनका लागि प्रयोग गरिने भनी आप्mनो फर्म तथा कम्पनीको आवश्यक कागजपत्र गृह मन्त्रालयमा पेस गरी गृहको सिफारिसमा सूचना तथा सञ्चार मन्त्रालयले लाइसेन्स फ्रिक्वेन्सी दिएपछि मात्र वाकीटकी प्रयोगमा ल्याउने नियम रहेको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ का युवाहरूले यार्सागुम्बा संकलनको समयमा पाटन क्षेत्र तथा यार्साको राजस्व संकलनको राजस्व संकलन गर्ने स्थान सिरानी चौरमा सञ्चार सेवा नहुँदा सञ्चार सेवा प्रयोग गर्नका लागि भन्दै अनुमतिविना वाकिटकी सेवा प्रयोग गरेका छन् ।
मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका करिब एक दर्जनभन्दा बढी युवाले दुई किलोमिटरसम्म सेवा प्रवाह गर्ने चीनको तिब्बतबाट ल्याएका वाकीटकीको प्रयोग गरेका छन् । यो सेटले दुई किलोमिटरसम्म सेवा प्रवाह गर्ने गरेको उनीहरूबाट आपूmले जानकारी पाएको र अनुमतिविना सुरक्षाको दृष्टिकोणले यो सेट प्रयोग नगर्नसमेत जानकारी उनीहरूलाई गराएको मुगुम कार्मारोङ गाउँपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् ।
उता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अनुमतिविना वाकीटकी सेट प्रयोग गरेको आपूmलाई कुनै जानकारी नआएको बताए छन् । उनका अनुसार यदि यस्तो भएको हो भने तत्कालै उनीहरूलाई कानुनी दायरामा ल्याउन सकिने प्रजिअ अधिकारीले जानकारी दिए । कुनै पनि निकायबाट अनुमति नलिई वाकीटकी सेट प्रयोग गरेको यार्सागुम्बा संकलनमा जानेहरूको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले समेतले जानकारी पाएको भए पनि त्यहाँ रहेका सुरक्षाकर्मीले सम्बन्धित निकायमा अहिलेसम्म जानकारी गराएका छैनन् ।
प्रतिक्रिया