काठमाडौं । नयाँ आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीको भत्ता बढेको छ ।
ओलम्पिकमा सहभागिता जनाउने खेलाडी र दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका पदकधारी खेलाडीको तलब भत्तामा बृद्वि भएको हो ।
बढेको तलब भत्ता अनुसारले ओलम्पियन खेलाडीले मासिक ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सागका स्वर्णधारी खेलाडीले मासिक ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नयाँ बजेटले ओलम्पियन र सागका स्वर्णधारी खेलाडीको मासिक भत्ता १ हजारले बढाएको हो ।
यसअघि ओलम्पियनले मासिक ३ हजार र सागका स्वर्णधारी खेलाडीले मासिक ५ हजार रुपैयाँ प्राप्त गर्दै आएका थिए ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पदकधारी खेलाडीको मासिक भत्ता बढाउने विषयमा सरकार गम्भीर रहेको बताए ।
ललितपुरमा आयोजित एक कार्यक्रममा उनले खेलाडीको सम्भावित दुर्घटना, स्वास्थ्य बिमा लगायतका विषयलाई बजेटले सम्बोधन गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया