काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ । योजनाको उद्देश्य ग्राहकहरूलाई यातायातका लागि साइकल चयन गर्नका लागि उत्प्रेरित गर्नु रहेको बैंकले जनाएको छ ।
ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुज को सदस्यका रूपमा बैंकले बैंकिङ अन भ्यालुज को ‘मानव, समृद्धि र पृथ्वी’को सिद्धान्तलाई आफ्ना गतिविधि र सिद्धान्तलाई केन्द्रमा राखेर मूल्यमा आधारित बैंकिङमा जोड दिँदै आएको छ । बैंकले वातावरण दिवस मनाउने क्रममा देशभरि नै आफ्ना प्रादेशिक कार्यालयहरूमार्फत् विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो ।
प्रतिक्रिया