काठमाडौं । सहिद स्मारक ’सी’ डिभिजन लिग छनोट खेलमा बालकुमारी सृजना क्लब, विजय युथ र विरगंज युनाईटेड विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार बालकुमारी सृजना क्लबले बौद्ध फुटबल क्लबले सान्त्वना जित निकाल्यो । समूह ’एच’ को प्रतिष्ठाको लागि खेलिएको खेलमा बालकुमारीले बौद्धलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।
यस समूहबाट शतप्रतिशत जित निकालेको चिवहाल दोस्रो चरण प्रवेश गर्यो । उसको ६ अंक रहँदा बालकुमारीको ३ र बौद्धले कुनै पनि अंक जोड्न सकेन । यस्तै समूह ’जी’ मा विजयी युथ क्लबले सान्त्वना जित निकाल्यो । विजय युथ क्लबले गोर्खाज युनाईट फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
समूह ’जी’ बाट सुन्धाराले दोस्रो चरणमा स्थान बनायो । सुन्धाराको ४ अंक रहदा विजय युथको ३ अंक रह्यो भने पुछारमा रहेको गोर्खा ब्वाइजको १ अंकमा चित्त बुझाउन बाध्य भयो । मंगलबार नै समूह ’आई’ को विरंगज युनाईटेडले विजयी सुरुवात गर्यो । विरगंजले सामाखुसी युथ क्लबलाई २–० ले पराजित गर्यो ।
समूह ’ए’ बाट सरस्वतीनगर स्पोर्टस क्लब समूह ’बी’ बाट इमाडोल युवा क्लब र ’सी’ समूहबाट झापा फुटबल क्लब, समूह ’डी’ बाट एक्टिभ स्पोर्टस् काउन्सिल, समूह ’ई’ बाट च्याम्पियन ब्बाइज सेटीओपी, समूह ’एफ’ बाट चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, समूह ’एच’ बाट चिवहाल युवा क्लब र समूह ’जी’ बाट सुन्धारा युवा क्लब दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
प्रतिक्रिया