काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा नबिल विज्ञान तथा प्रविधि पुरस्कार ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरूलाई प्रदान गरिएको छ । सो पुरस्कार माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नाष्टका सहकुलपति गिरिराजमणि पोखरेल नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरे ।
डा. टेक बहादुर गुरुङ, डा. रबा थापा, डा. गजेन्द्र शर्मा तथा प्रा. डा. विजया पन्तलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।
प्रतिक्रिया