गरिमा बैंक र आइएमई लाइफबीच सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौंबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे ।

सो बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरूले गरिमा विकास बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवनबिमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया