मुम्बई । अभिनेत्री तथा पूर्वविश्वसुन्दरी प्रियंका चोपडाले आफू भारतको प्रधानमन्त्री बन्न तयार भएको बताएकी छन् ।
अमेरिकन गायक तथा अभिनेता निक जोनसँग विवाह गरेपछि प्रायः विदेशमा नै बस्न थालेकी उनले हालै सन्डे टाइम्सलाई दिएको अन्तर्वार्तामा आफ्नो राजनीतिक धारणा व्यक्त गर्दै उक्त कुरा बताएकी हुन् ।
सामाजिक सञ्जालमा तस्बिर शेयर गरिरहने उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएमा आफू तयार भएको जिकिर गरिन् । अन्तर्वार्ताकै क्रममा अभिनेत्री प्रियंकाले यो सबै सहज नभए पनि राजनीतिमा अब परिवर्तन आवश्यकता भएको धारणा व्यक्त गरिन् । त्यस्तै, उनले आफ्नो श्रीमान निकलाई भने अमेरिकाको राष्ट्रपति भएको देख्ने इच्छा भएको बताइन् । सन् २००० मा विश्वसुन्दरीको उपाधि हात पारेपछि उनी सामाजिक कार्यमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएकी छन् ।
प्रतिक्रिया