लक्ष्मी बैंकको वल्र्डकप योजना

काठमाडौं । लक्ष्मी बैंकले ‘सिएलटि प्लस जेरो’ नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरूका लागि विशेष योजना सुरू गरेको छ । एफ वान सफ्टसँगको सहकार्यमा सञ्चालित सो योजनाअन्तर्गत हाल जारी आईसिसि क्रिकेटको अवधिभर ‘सिएलटि प्लस जेरो’ मार्फत बचत खाता खोल्दा ग्राहकहरूले ५ सय बराबरको मोबाइल ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्नुहुनेछ र त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानुपर्ने हुन्छ । लक्ष्मी बैंकले कागज रहित बैंक खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया