काठमाडौं । एनआइसी एसिया बैंकले झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्यांजा जिल्ला, आँधीखोला गाउँपालिका–१ को पञ्चमूलमा ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा जेठ २० गतेबाट सञ्चालनमा ल्याएको छ । घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा पार्वतीकुमारी राजवंशीलाई नियुक्त गरिएको छ ।
यसैगरीे, आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पञ्चमूल गाउँपालिका–१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरेका हुन् । पञ्चमूलको शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा गंगाधर ढकाललाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया