जासुसी आरोपमा पाकिस्तानी जर्नेललाई आजीवन कारावास

पाकिस्तान। पाकिस्तानको सैन्य अदालतले जासुसी गरेको ठहर गर्दै एक वरिष्ठ सैन्य अधिकारीलाई आजीवन कारावास तथा एक निजामती कर्मचारी र अर्का एक सैन्य अधिकारीलाई मृत्युदण्ड सुनाएको छ।

ती तीन जनाविरुद्ध विदेशी निकायका लागि जासुसी गरेको र संवेदनशील सूचना चुहाएको अभियोग लगाइएको पाकिस्तानी सेनाले जनाएको छ।

सेनाका अनुसार सेनाप्रमुख जेनरल कमार जावेद बाज्वाले सैन्य अदातलको आदेशलाई अनुमोदन गरेका छन्। सेनाले उनीहरूले कसका लागि जासुसी गरेका थिए र कस्तो सूचना उपलब्ध गराएका थिए भन्ने विषय भने खुलाएको छैन।

पर्यवेक्षकहरूले भन अमेरिकी गुप्तचर निकाय सीआईएका लागि जासुसी गरेको हुन सक्ने अनुमान गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया