सुडानमा जातीय समूहबीच झडपहुँदा २२ को मृत्यु

सुडान । दक्षिणी सुडानमा भएको जातीय समूहको भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ । सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो ।

सुडानका सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको दुखाइको विषय बन्दै आइरहेको छ । यहाँ पटकपटक हुने गरेका यस्ता झडपमा कैयनले ज्यान गुमाइसकेका छन् ।

यसअघि गत मंगलबार पनि झडप भएको थियो । जसमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।

प्रतिक्रिया