अर्थबजार

राष्ट्रिय वाणिज्य बैंक र भलिबल संघबीच सम्झौता

सौर्य अनलाइन २०७६ जेठ १६ गते ७:४२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल भलिबल संघ बीच पांचौ र छैठौं राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले हस्ताक्षर गरे । ०७६ /0७७ सम्मको लागि २४ लाख रूपैयाँ प्रदान गर्ने गरी दुई वर्षको लागि भएको सो सम्झौतापछि राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडि आरबिबि–एनभिए नाम राख्नु पर्नेछ ।

सो कार्यक्रममा राष्ट्रिय खेदकुख परिषद्का सदस्य उपेन्द्र यादब, राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख एवं खेलकुद समितिका अध्यक्ष देबेन्द्ररमण खनाल, विभागीय प्रमुख सुनिता मानन्धर, कम्पनी सचिव भोलानाथ पौडेल, बैंक खेलकुद समितिका पदाधिकारीहरू, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायतको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १७२ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय