विकासको फड्को मार्दै पलाँता

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको निकै विकट क्षेत्रका रूपमा चिनिएको पलाँता मुलुक संघीय संरचनामा गएपछि फेरिएको बताएका छन् । उनले पलाँताको स्थानीय सरकारको गतिले पलाँताले विकासमा फड्को मारेको कार्यक्रममा सुनाएका छन् ।

शाहीका अनुसार पलाँता क्षेत्रका जनताका आवशयकता पूरा गर्न आफ्नो मुख्य प्राथमिकता भएको बताउँदै सबैको सक्रियताको खाँचो रहेको बताएका छन् । हिजो नुन बोक्नका लागि कैलालीको राजापुर जानुपर्ने समस्यालाई स्मरण गर्दै अहिले गाँउगाँउमा सडक र गाडी पुगेकोमा खुसी व्यक्त गरेका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेश सरकारले जनताको समस्या बुझिरहेको बताएका छन् ।

उनले हरेक नागरिकको समस्या सम्बोधन गर्न सरकारले विशेष ध्यानदिने कुरा व्यक्त गर्दैै अबका दिनमा यस गाउँपालिकाको विकासमा सधैँभरि आपूm र प्रदेश सरकार लागिपर्ने बताएका छन् । कार्यक्रममा पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले पलाँतालाई खेलकुद क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव २०७६ को आयोजना गरिएको कुरा सुनाएका छन् । बमले खेलकुुद राष्ट्रको गहना भएकाले खेलकुदको विकासका लागि पलाँता सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

विप्लप समुहद्वारा बम विस्फोट
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै बिप्लव समूहले बम बिस्फोट गराएको छ । कालिकोट जिल्लाको पलाँता गाँउपालिका–९ थिर्पुमा आयोजना गरिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव २०७६ लाई उद्घाटन गरी फर्किने क्रममा मुख्यमन्त्रीलाई नै लक्षित गरी बिप्लव समूहका कार्यकर्ताले बम बिस्फोट गराएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल तथा कर्णाली प्रदेशका माननीय सदस्य कुर्मराज शाही सहितको टोली पलाँता गाँउपालिका केन्द्रमा जिल्लास्तरीय ११आँै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव २०७६ लाई उद्घाटन गरी हेलिप्याड स्थलमा जाने क्रममा कार्यक्रमस्थलबाट करिब डेड किलोमिटर दुरीमा बिस्फोट भएको हो ।

गणतन्त्र दिवसका अवसरमा गृहजिल्ला आएका मुख्यमन्त्री शाहीले कालिकोटको महावै गाउँपालिका, जिल्ला सदरमुकाम र पलाँता खेलकुद तथा पर्यटन महोत्सव, जिल्लास्तरीय ११आैँ राष्टपति रनिङ सिल्ड प्रतियोगिता, रेडियो पलाँता आवाज र सहिद स्मृति भवनको उद्घाटन गर्दै कसैले चाहेर युद्ध सम्भव नहुने कुरा सुनाएका छन् ।

बिप्लव समूहलाई लक्षित गर्दै उनले दुई÷चार जनाले तर्साउँदैमा द्वन्द्व निम्त्याउन जनताको साथ नपाउने बताए । रनिङ सिल्डसहित कार्यक्रममा सांस्कृति कार्यक्रमहरू पनि देखाइनेछ । कार्यक्रममा चर्चित गायिका रेखा जोशी, गायक छत्र शाही, धर्मराज न्यौपाने, अछामी रेखा, माग्ने बुढा, कालीकोटका चर्चित हास्यकलाकार हस्त चौलागार्इं (त्रिकाल) सहितका स्थानीय कलाकारकोसमेत उपस्थिति रहेको छ ।

प्रतिक्रिया