गणतन्त्र दिवसमा पञ्चेबाजा सहितको र्याली

सल्यान । गणतन्त्र दिवसका अवसरमा सल्यानमा पनि विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् । दिवसका अवसरमा सदरमुकाम खलंगामा रहेको पुरानो बसपार्कबाट पञ्चेबाजा सहतिको ¥याली निकालिएको थियो । प्रभातफेरी डाँडाँगाउँ हँुदै शान्ति स्मारकमा पुगी सहिदको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

माल्यार्पणपछि भएको कार्यक्रमलाई सम्बोधनका क्रममा जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टले अहिलेको परिवर्तन सहिदको बलिदानीबाट उपलब्ध भएको भन्दै संस्थागत गर्नुपर्ने बताए । विभिन्न निकायसँगको सहयोगमा दुई वर्षअघि बनाइएको स्मारक नजिकै रहेको सशस्त्र प्रहरीलाई सुरक्षा तथा सरसफाइको जिम्मा दिइएको छ ।

सोही अवसरमा सशस्त्र प्रहरीले स्थापना गरेको सार्वजनिक शौचालय, प्रतिक्षालय र खानेपानीको उद्घाटन पनि गरियो । यस्तै, जिल्ला अस्पताल सल्यानका बिरामीलाई फलपूmलसमेत वितरण गरिएको छ ।

दिवसको अवसरमा जिल्लाका प्रशासन प्रमुख, जनप्रतिनिधि, राजनीतिक दल, नेपाली सेना, नेपाल प्रहरी, पत्रकार, स्थानीय, महिला स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।

यस्तै कुमाख गाउँपालिकाले बिहान प्रभातफेरी कार्यक्रम गरेको छ भने र दिउँसो बृहत् झाँकी सहितको कला प्रदर्शन कार्यक्रम गरेको थियो । रागेचारमा भएको प्रभातफेरीमा स्थानियवासी, इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीको सहभागिता थियो ।

यस्तै बनगाड कुपिण्डे नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा बजार सरसफाइ गरिएको छ । नगरपालिकाको आयोजनामा नगरपालिका, देवस्थ, सल्लीबजारलगायत क्षेत्रको सरसफाइ गरिएको छ । बजारमा अव्यवस्थित रूपले फोहर फाल्ने गरेकोले बजारवासीलाई जथाभावी फोहोर नफाल्नसमेत सचेतीकरण गराएको छ । फोहर उठाउँदै बजारका प्रत्येक घरघरमा पुगेर नगरप्रमुख गोविन्दकुमार पुनले फोहोरलाई सही तरिकाले व्यवस्थापन गर्न वजारवासीलाई अनुरोध गरे ।

फोहरलाई व्यवस्थापन मात्रै गरिदिए नगरपालिकाले ठूलो सहयोग मान्ने जनाएको छ । बजारकै फोहरले भेरी नदी, बनगाड खोलामा समेत पानी दूषित हुने भएकोले बजारवासीलाई घर तथा पसलबाट निक्लेको फोहर व्यवस्थापन गरी नगरको गाडीमा फाल्न अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रिया