प्रधानमन्त्रीद्वारा ‘एक्सन रुम’ को उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलली ‘एक्सन रुम’ को शुरुवात गरेका छन् । सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग र राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था हेर्न मिल्ने गरि भिडियो कन्फरेन्स रुमको शुरुवात गरिएको हो । एकै पटक भिडियोबाट छलफल (भिडियो कन्फरेन्स) गर्न मिल्ने व्यवस्थासहितको एक्सन रुमको शुरुवात भएको हो ।

उक्त कक्षबाट एकैपटक छलफल, राष्टिय गौरवका आयोजनाहरुको प्रधानमन्त्रीद्वारा प्रत्यक्ष अनुगमन लगायतका कामलाई सार्थकता दिन सकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्नेछन् भने सातवटै मुख्यमन्त्रीसँग एकैपटक प्रत्यक्ष छलफल गर्ने छन् ।

यो कक्ष प्रधानमन्त्री कार्यालयमा रहने छ । करीब साढे ४ करोड लागतमा निर्माण गर्ने ठेक्का पाएको कम्पनी शास्त्र नेटवर्क सोलुसन्स इङ्क प्रालीले यसको निर्माण गरेको हो । प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रत्यक्ष अवलोकन गरेर समस्या पहिल्याउने र आवश्यक निर्देशन दिनेछन् । यसका लागि प्रधानमन्त्री कार्यालयमा रहेको सूचना प्रविधि शाखाले ११ वटा राष्ट्रिय गौरवका आयोजनास्थल पुगेर क्यामेरा जडान गरेको छ ।

यसका साथै प्रधानमन्त्रीले कुनै विषयवस्तु मा ७ वटै प्रदेशका मुख्य मन्त्री वा चाहेको मुख्यमन्त्रीसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री कार्यालयको एक्सन रुममा तीनवटा मोनिटरमा सातवटै प्रदेशका मुख्यमन्त्री एकसाथ देखिनेछन् जहाँ मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग सीधा संवाद गर्न सक्नेछन् ।

प्रतिक्रिया