सेरेना दोस्रो चरणमा

एजेन्सी, फ्रान्स । सेरेना विलियम्सले सोमबार फ्रेन्च ओपनमा उत्कृष्ट पुनरागन गर्दा रफाइल नाडल र नोभाक जोकोविचले भने सहज जितका साथ दोस्रो चरणमा स्थान बनाएका छन् । अमेरिकी स्टार सेरेनाले रसियाकी भितालिया डिएचेन्कोबाट जित खोसेर ल्याउँदा स्पेनिस स्टार नाडल र सर्बियन स्टार जोकोविचले सहज जीतका साथ दोस्रो चरणका यात्रा तय गरेका हुन् । ३७ वर्षीया सेरेना जीतसँगै मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्डस्लाम उपाधि बराबरी गर्ने यात्रामा अगाडि बढेकी छन् । सेरेनाले ८३औं वरीयताकी भितालियासँगको पहिलो ६–२ ले गुमाएकी थिइन् ।

तर, त्यसपछिका सेटमा ६–१ र ६–३ को उत्कृष्ट पुनरागमन गर्दैै सेरेनाले सफलता हात पारिन् । तीन पटक फ्रन्च ओपन जितेकी उनले दोस्रो चरणमा जापानकी कुरुमी नारासिवरुद्ध चुनौती प्रस्तुत गर्नेछिन् । यसै वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा कारोलिना प्लीसकोभासँग स्तब्ध भएकी सेरेनाले फ्रेन्च ओपनमा पनि दोस्रो र तेस्रो सेटमार्पmत पुनरागमन गरिन् ।

यता, फ्रेन्च ओपनमा सर्वाधिक सफल नाडलले जर्मनी प्रतिद्वन्द्वीलाई सोझो सेटमा स्तब्ध बनाउँदा कीर्तिमानी उपाधिको संख्याको बढाउने यात्रामा होमिएका छन् । विश्व नम्बर दुई वरीयताका नाडलले फेन्च ओपनमा सर्वाधिक १२ पटक उपाधि जितेका छन् । १७ पटक ग्रान्डस्लाम च्याम्पियन नाडलले जर्मनका यानिक यानफम्यानलाई ६–२, ६–१ र ६–३ ले हराएका थिए ।
यो सफलतासँगै गत इटालियन ओपनको उपाधि जितेकी नाडलले फ्रेन्च ओपनमा जित । हारको रेकर्ड ८७–२ बनाएकी छन् । यस सिजन क्ले कोर्टमा लगातार तीन पटक सेमिफाइनलबाट बाहिरिएका नाडलले दोस्रो चरणमा भने ११४औं वरीयताका जर्मनी स्टार यानिक मादेनसँग प्रतिस्पर्धा गर्नेछन् । विश्व नम्बर एक जोकोविचले पनि पोल्यान्डका हुबर्ट हुरकाजलाई सोझो सेटमा हराए ।

१५ पटक ग्रान्डस्लाम च्यामिपयन जोकोविचले पोल्यान्डका हुबर्टमाथि ६–४, ६–२ र ६–२ को सोझो सेटमा जित निकालेका थिए । सन् २०१६ मा फ्रेन्च ओपन च्याम्पियन जोकोविचले दोस्रो चरणमा हेनरी लाकसोनेनसँग प्रतिस्पर्धा गर्नेछन् । १२ महिना अगाडि विश्व नम्बर २० सँग क्वार्टरफाइनलमा स्तब्ध जोकोविच यसपटक भने लयमा देखिएका छन् ।
महिलातर्पm पूर्वविश्व नम्बर एक कारोलिन वज्नियस्की पनि विश्व नम्बर ६८ वरीयता प्राप्त रसियाकी भेरोनिका कुदेर्मेतोभासँग पहिलो चरणमा स्तब्ध भएकी छन् । कारोलिन रसियन प्रतिद्वन्द्वीसँग ०–६, ६–३ र ६–३ ले स्तब्ध भइन् ।

प्रतिक्रिया