खेलकुद मन्त्री र सदस्य–सचिव सम्मानित

काठमाडौं । नेपाल वादोरियो कराँते डो संघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई मंगलबार सम्मान गरेको छ । खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत संघको आयोजनामा सुरु चौथो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई सम्मान गरिएको हो । सोही अवसरमा नवौँ सागका स्वर्णधारी कुशल श्रेष्ठलगायत पनि सम्मानित भए । उनीहरुलाई नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

पहिलो दिन महिला ४५ केजीमा अस्मिता तामाङ र आशा श्रेष्ठ, पुरुष खुलामा राजु बुढाथोकी र सन्तोष श्रेष्ठ तथा पुरुष ५५ केजीमा राजकुमार श्रेष्ठ र एलोन श्रेष्ठ सेमिफाइनलमा पुगे । सेमिफाइनलमा पुग्ने सबै खेलाडी नेपालका हुन् । बुधबारसम्म चल्ने प्रतियोगितामा ४ सय ४५ खेलाडीले २३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले जनाएका छन् ।

प्रतिक्रिया