प्रदेश–३ च्याम्पियन

काठमाडौं ।  प्रदेश–३ ले दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्सको उपाधि मंगलबार जितेको छ । ६ खेल समावेश प्रतियोगितामा १९ स्वर्ण, १६ रजत र १५ कांस्यसाथ प्रदेश ३ समग्रमा च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ७ कांस्यसहित प्रदेश ५ दोश्रो भयो ।

तेश्रो स्थानको प्रदेश २ ले ४ स्वर्ण, ४ रजत र ८ कांस्य प्राप्त ग¥यो । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा कराँते, तेक्वान्दो, उसु, एथलेटिक्स, टेबलटेनिस र कबड्डीमा प्रतिस्पर्धा भएको थियो । टेबलटेनिस र कबड्डी यसै संस्करणदेखि समावेश गरिएको हो । कम उमेरका बालवालिकाबाट क्षमतावान खेलाडी पहिचान गर्ने उद्देश्यले गत वर्षदेखि राखेपले चिल्ड्रेन गेम्सको सुरुआत गरेको हो ।

प्रतिक्रिया