राजावादीहरूको उत्साह आत्मरति मात्रै

छिमेकी मुलुक भारतमा भरखरै लोकसभाको निर्वाचन सम्पन्न भयो । पाँच वर्ष अघि जस्तै नरेन्द्र मोदीले भारी बहुमतका साथ चुनाव जिते राहुल गान्धीले कन्त विजोग हुने गरी चुनाव हारे । तर यो चुनावी परिणामलाई लिएर हाम्रो देशको एउटा तप्का निकै धेरै उत्साहित भएको छ । भाजपाले चुनाव जितेको खुशीयालीमा मधेसी आन्दोलनको केन्द्र वीरगन्जमा राजावादीहरूको जुलुस निस्केको समाचार मिडियामा आयो । यस अघि मोदीले चुनावी रणनीति अन्तर्गत पाकिस्तान शासित काश्मिरमा आक्रमण गरेको सामाचार आउँदा पनि वीरगन्जमा यसरी नै जुलुस निकालेर खुशी प्रकट गरिएको थियो ।

भाजपाले चुनाव जित्दा र कांग्रेसको कन्तविजोग हुँदा नेपालीहरू खुशी हुनु पर्ने तथा दुखी हुनु पर्ने कुनै कारण छैनन् । केवल आत्मारती मात्रै हो । हरेक देशले केन्द्रविन्दुमा राख्ने भनेको आफ्नो राष्ट्रिय स्वार्थ हो । आफ्नो देशको स्वार्थलाई भन्दा छिमेकीदेशको स्वार्थलाई कसैले पनि प्राथमिकता दिँदैन । २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि सहयोग गरेको भारतीय राष्ट्रिय कांग्रेसले २०१७ सालमा प्रजातन्त्र खोस्नका लागि राजा महेन्द्रलाई सहयोग गरेकै हो । यसैगरी आफ्नो स्वार्थका लागि भारतीय राष्ट्रिय कांग्रेसले नेपाल माथि दुई–दुई पटक नाकाबन्दी लगाएकै हो ।

भारतसँगको नेपालको व्यापार घाटा वार्षिक ८ खर्ब रूपैयाँ हाराहारीमा छ । मोदीले जित्दैमा भारतबाट कुनै पनि वस्तु निःशुल्क आउनेवाला छैन । कालापानीलगायत नेपालको करिब दुई हजार वर्गकिलोमिटर सिमाना भारतले मिचेको छ । मोदीले जित्दैमा त्यो भूमी नेपाललाई फिर्ता आउने वाला छैन । बरू मौका पाए थप सिमा मिच्नेछन् । जुन कुरा संविधान निर्माणका क्रममा दिएको सुझावले पुष्टि गरिसकेको छ

जुनबेला भारतमा विजेपीको सरकार थियो त्यहीबेला देखि नेपालमा माओवादी हिँसा सुरू भएको हो । माओवादीका नेताहरूलाई भारतका तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेयीले के कसरी सेल्टर प्रदान गरेका थिए भन्ने फेहरिस्त हिमाल पाक्षिक खवरपत्रिकाको २०६९ साउन (१६–३२) अंकमा प्रा. सुखदेव मुनीले उल्लेख गरेका छन् ।

उनले भनेका छन्–‘सन् २००२ मा प्रधानमन्त्री कार्यालयमा बुझाएको लिखितपत्रमा माओवादी नेताद्वय प्रचण्ड र बाबुरामले भारतसँग उत्कृष्ट सम्बन्ध राख्न चाहेको तथा भारतको हितमा गम्भीर असर पर्ने कुनै काम नगर्ने कुरामा आश्वस्त पारेपछि माओवादीहरूमाथि भारतमा हुँदैआएको गुप्तचरहरूको निगरानी र आवतजावतमा खुकुलो पारियो। यसपछि माओवादी र रअका बीचमा बढी सम्पर्क र बैठकहरूको क्रम चल्यो ।’ त्यो बेला भारतमा भाजपाको सरकार थियो । प्रधानमन्त्री थिए अटलविहारी बाजपेयी ।

वास्तवमा नेपालमा स्थापित गणतन्त्र माओवादीद्धन्दकै उपज हो । तर गणतन्त्रात्मक संविधान जारी गर्नेबेला भारतले नेपाल माथि नाकावन्दी लगायो । नेपालको संविधानमा यी यी बुँदा समावेश गर्नुपर्छ भन्दै भारतका प्रधानमन्त्री मोदीले आफ्ना विशेषदूतलाई नेपाल पठाए । तर नेपालको संविधानसभाले स्वीकार गरेन । यसैको परिणाम थियो चार महीने नाकावन्दी । विनासकारी भूकम्पले भन्दा पनि उक्त नाकावन्दीले नेपालको अर्थतन्त्रलाई बढी थिलो थिलो बनाएको थियो । त्यसैले भाजपाले जित्नु र कांग्रेसले हार्नु तथा कांग्रेसले जित्नु र भाजपाले हार्नुसँग नेपालको स्वार्थ कहीँ कतै जोडिन्न ।

नेपाल र छिमेकसँग भारतले गर्ने व्यबहार र रबैया, पाकिस्तान र चीनसँगको उसको सम्बन्ध, क्षेत्रिय सन्तुलन र शान्ती कायम गर्दै सार्क, एसियन, बिम्स्टेकमा लगायत सबै फोरममा अरूलाई पनि भाउ दिने काम सुरु भएमा मोदीको जितलाई यथार्थमा राम्रो मान्न भने सकिने छ

यतिबेला भारतसँगको नेपालको व्यापार घाटा बार्षिक ८ खर्ब रूपैंया हाराहारीमा छ । मोदीले जित्दैमा भारतवाट कुनै पनि वस्तु निशुल्क आउने वाला छैन् । कालापानी लगायत नेपालको करिव २ हजार वर्गकिलोमिटर सिमाना भारतले मिचेको छ । मोदीले जित्दैमा त्यो भूमी नेपाललाई फिर्ता आउने वाला छैन । बरू मौका पाए थप सिमा मिच्नेछन् ।

जुन कुरा संविधान निर्माणका क्रममा दिएको सुझावले पुष्टि गरिसकेको छ । नेपाल र भारतबीच खुला सिमाना छ । भारतमा सुखशान्ति भयो भने नेपालमा सकरात्मक असर पर्छ । हामीले गर्ने कामना भनेको यही हो । आफ्नो देशमा सुख शान्ति कायम गर्न मोदी सफल रहून् । सामथ्र्य भए आफ्नो पार्टीको घोषित नीतिअनुसार आफ्नै देशमा हिन्दू राज्य कायम गरून् । हिन्दू राज्यका लागि यदी आवश्यक पर्छ भने आफ्नै देशमा राजतन्त्र कायम गरून् । आफ्नो पार्टीको एजेन्डा नेपालमा लाद्ने कोसिस नगरून् ।

विश्वमा सबैभन्दा धेरै गरिबहरू बस्ने मुलुक हो भारत । विश्वमा सबै भन्दा धेरै सामाजिक विभेद तथा उत्पिडनका घटना हुने देश पनि हो भारत । भारतीय समाजमा अन्धविश्वास र रूढिवादले जरा गाडेको छ । नेपालको जनसंख्या भन्दा बढी त भारतमा सडक छापहरूकै संख्या छ । जसको पुस्तौँ पुस्ता सडकमै जन्मे हुर्केर बितिरहेको छ ।

नेपालको सडकमा देखिने मगन्तेहरूमध्ये ९० प्रतिशतभन्दा बढी भारतीयहरू नै छन् । नेपालमा तल्लो स्तरको काम गर्नेहरू ९० प्रतिशतभन्दा बढी भारतीयहरू नै छन् । पक्कै पनि मोदीले आफ्नो देशको यो कहालीलाग्दो अवस्थालाई ध्यान दिनेछन् । मोदीले आफ्नो देशको यो कहाली लाग्दो समस्या समाधान गरे भने नेपाल पनि धेरै समस्याबाट मुक्त हुनेछ । पहिलो कुरा त नेपालका सडकहरू मगन्ते मुक्त हुनेछन्, दोस्रो कुरा नेपाली नागरिकता लिन आउने भारतीयहरूको भीड घट्नेछ । तेस्रो कुरा नेपालीहरूको रोजगारी खोस्न भारतीयहरू आउनेक्रम रोकिनेछ ।

मोदीले राम्रो काम गरकै कारण फेरी शासन सत्ता दोहो¥याउने गरी चुनाव जितेका हुन् कि ? धार्मिक तथा साम्प्रदायिक उन्माद पोखिएको मात्रै हो ? भन्ने प्रश्न पनि निकै पेचिलो बनेको छ । गएको ५ वर्षमा मोदीले के भारतलाई साच्चै उन्नतिमा पु¥याए त ? राम्रो काम देखेर मात्र आएको भोट हो त ? भन्ने प्रश्न कम महत्वपूर्ण छैन । मोदीले सत्ता सम्हालेको यो पाँच वर्षको अवधिमा भारतमा बेरोजगारीको वृद्धि ६. १५ प्रतिशत पुगेको छ । विगत ४५ वर्षको अवधिमा यो वृद्धिदर सबै भन्दा उच्च हो । भारतमा १८ प्रतिशत युवा बेरोजगार छन् । जुन २०१२ यता सबै भन्दा धेरै हो ।

मोदीले शासन सम्हाल्नुअघि पनि गरिबीको प्रतिशत जति थियो, अहिले पनि त्यति नै छ अर्थात भारतमा २७ करोड जनता अझै गरीबीको रेखामुनी छन् । यो संख्या भनेको झण्डै झण्डै सिंगो युरोप महादेशको बराबर हो । स्थिर सरकारले ५ वर्षमा गरेको काम भाषणमा मात्र खोजेर हुँदैन तथ्यांक हेर्न पर्छ । त्यस्ता तथ्यांक त हाम्रा ओली कमरेडले पनि फ्याट फ्याटी भनिदिन्छन । भारतमा हरेक वर्ष हज्जारौँ किसानले आत्महत्या गर्ने गरेको तथ्यांक झुटो होइन । मोदीले जति गफ दिए पनि नोटबन्दीले भारतको अर्थतन्त्र घाइते बनाएकै हो । त्यसको असर नेपालले पनि बेहोरेकै हो ।

त्यही भएर पुराना नेता यसवन्त सिंहले गएको वर्ष मात्रै मोदी सुधारक होइनन भनेर भाजपा छोडे । यसको अर्थ के त संसारकै ठूलो लोकतन्त्र भएका देशहरू मध्येको एक भारत धार्मिक पपुलिजममा फसेको होइन त ? भन्ने प्रश्न त्यतिकै पेचिलो बनेर खडा भएको छ । भारतमा मोदीको उदय र संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रमको उदयलाई एउटै कोणबाट हेर्नुपर्ने विश्लेषण प्रख्यात अखबार वासिंगटन पोस्टले समेत गरेको छ । यदी यो सत्य हो भने ट्रम्पको उदय पछि अमेरिकाका छिमेकी मुलुक जसरी सताइएका छन्, मोदीको उदयपछि भारतका छिमेकी मुलुक पनि त्यसरी नै सताइने छन् । नेपाल पनि त्यसको घानमा पर्नेछ ।

बलियो डेमोक्रेसी भएको देश साना छिमेकीको प्रगतिमा किन खुसी वा सहायक हुन सक्दैन ? भन्ने प्रश्न अमेरिकामा ट्रम्पको उदय र भारतमा मोदीको उदयले खडा गरेको छ । त्यसैले मोदीको जितको अर्थ त्यतिवेला सार्थक हुन्छ जति वेला उनको छिमेक र पररास्ट्र नीतिले दक्षिण एसियाली देशहरूलाई जोडोस, सार्कले सास फेरोस, अरू क्षेत्रीय शक्तिलाई मिलाएर आफ्ना छिमेकको आर्थिक सामाजिक राजनीतिक उत्थानमा पनि सघाओस । साना देशको उन्नति प्रगतिमा बाधक नबनोस्, र शक्तिशाली देशसँग स्वच्छ प्रतिस्पर्धा गरोस्, तब न संसारको ठूलो र उत्कृष्ट डेमोक्रेसी ।

नेपालका राजनीतिक शक्तिहरूलाई भारतको चाकडीमा मुसो नचाए जस्तो गर्ने गरेका मोदीले नेपालको पहिलो औपचारिक भ्रमणका वेला नेपाली संसद र सडकमा जनताबाट पाएको वाहवाही के त्यसपछिका भ्रमण र दुई पक्षिय मामिलामा प्रतिविम्बित भो त ? के चीनसँग हात मिलाएर नेपाल लगायतका साना देशसँग भारतले क्षेत्रिय सौर्हादता कायम गर्न हुँदैन र ? एकोहोरो जातीय र धार्मिक रटानका कारण भैरहेको बिभेद, हिंसा र अल्पसंख्यकहरूमा देखिएको निराशालाई सम्बोधन नगरिकन देशभित्र अझै व्याप्त घृणाको राजनीतिबाट माथि नउठिकन विश्व राजनीतिको मसिहा ठान्ने भूल भएमा भारत उँभो लाग्ला त ? छिमेकलाई फाइदा होला त ? तर पनि मोदीले अब आफ्नो शैली बदले भने फेरी यो कुरै गर्न परेन, तर जति वर्ष शासन गरे पनि जनसंख्याका आधारमा भएको ठूलो अर्थतन्त्र र बलियो प्रजातन्त्रको गफ गरेर मात्र के होला र ? नेपाल र छिमेकसँग भारतले गर्ने व्यबहार र रबैया, पाकिस्तान र चीनसँगको उसको सम्बन्ध, क्षेत्रिय सन्तुलन र शान्ती कायम गर्दै सार्क, एसियन, बिम्स्टेकमा लगायत सबै फोरममा अरूलाई पनि भाउ दिने काम सुरु भएमा मोदीको जितलाई यथार्थमा राम्रो मान्न भने सकिने छ । नेपालले चीन र भारतबाट के कस्तो अपेक्षा र कुटनीति अपनाउँछ त्यो पनि महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया