भारतमा लोकसभा निर्वाचनका रोचक तथ्य

एजेन्सी, नयाँ दिल्ली । भारतको भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा सत्तारूढ दल भारतीय जनता पार्टीले पुन : बहुमत हासिल गरेको छ । भारतीय कांग्रेस इतर पार्टीले दोहो¥याएर बहुमत ल्याएको यो पहिलो पटक हो । त्यसैले पनि भारतीय जनता पार्टीका लागि यो ऐतिहासिक जित पनि हो ।

सात चरणमा ५४३ लोकसभा सिटका लागि भएको निर्वाचनमा एक सिट यस्तो पनि छ जहाँ मात्र १ सय ८१ मतान्तर रह्यो । मतगणना नसकुन्जेल कसले जित्छ भन्ने यकिन गर्न नसकिएको निर्वाचन क्षेत्र हो, उत्तर प्रदेशको मछली सहर लोकसभा क्षेत्र । यहाँ भारतीय जनता पार्टीका विपी सरोजले १ सय ८१ मतको अन्तरले बहुजन समाज पार्टीका के.टी. रामलाई पराजयको स्वाद चखाए ।

३२ राउन्डको मतगणनाको मतगणना पछि शुक्रबार राति १० बजे मात्र परिणाम घोषित भएकोहो । यो क्षेत्रमा हरेक राउन्डमा एकले अर्कोलाई पछि पर्दा निक्कै रोचक भएको थियो । अन्ततः विजेता भाजपाका विपी सरोजले ४ लाख ८८ हजार ३ सय ९७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी बसपाका केटी रामले ४ लाख ८८ हजार २ सय १६ मत मात्र प्राप्त गरे । भारतीय लोकसभा निर्वाचन २०१९ को यो सबैभन्दा कम मतान्तर हो ।

 

१० आश्चर्यजनक पराजय

राहुल गान्धी : भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले उत्तरप्रदेशको अमेठी लोकसभा निर्वाचन क्षेत्रमा पराजयको स्वाद चाख्नु प¥यो । यसअघि उनी यही निर्वाचन क्षेत्रबाट तीन पटक लगातार विजयी भएका थिए । त्यसअघि उनका पिता राजिव गान्धी र हजुरआमा इन्दिरा गान्धीले यहाँबाट चुनाव जित्दै आएका थिए । यस पटक राहुल गान्धीलाई भाजपाकी स्मृति इरानीले पराजयको स्वाद चखाइन् । स्मृति इरानी तिनै हुन् जसलाई २०१४ को लोकसभा निर्वाचनमा यही क्षेत्रबाट राहुलले नराम्ररी हराएका थिए ।

मनोज सिन्हा : बिजेपीका वरिष्ठ नेतामै गनिने मनोज सिन्हाले पनि उत्तरप्रदेशकै गाजीपुर निर्वाचन क्षेत्रबाट हारको सामना गर्नु परेको छ । आफ्नो पार्टीको सुनामी आउँदा पनि उनीे बसपाका अफजल अन्सारीद्वारा पराजित भएका हुन् ।

मीसा भारती : राष्ट्रिय जनता दलकी नेतृ तथा लालुप्रसाद यादवकी छोरी मीसा भारती पनि बिहारको पाटलीपुत्र लोकसभा क्षेत्रबाट पराजित भएकी छिन् । २०१४ को लोकसभा निर्वाचनमा पनि यही क्षेत्रबाट पराजित भएकी भारती यसपटक धेरै मतान्तरले जित्ने अपेक्षा गरिएको थियो । उनलाई बिजेपीकै रामकृपाल यादवले पराजित गरे ।

दिग्विजय सिंह : कांग्रेसका वरिष्ठ नेता मध्यप्रदेशको भोपाल लोकसभा निर्वाचन क्षेत्रबाट पराजित भएका छन् । उनलाई बिजेपीकै साध्वी प्रज्ञा सिंश ठाकुरले पराजित गरिन् ।

शत्रुघन सिन्हा : बिजेपी छाडेर कांग्रेस प्रवेश गरेका बिहारी बाबु भनेरसमेत चिनिने शत्रुघन सिन्हाले बिहारको पटना साहिव लोकसभा क्षेत्रबाट पराजयको स्वाद चाखेका छन् । यसअघि बिजेपीबाट निर्वाचित उनलाई बिजेपीकै नेता तथा केन्द्रिय मन्त्रीसमेत रहेका रविशंकर प्रसादले हराएका हुन् ।

उपेन्द्र कुशवाहा : रालोसपाका सुप्रिमो उपेन्द्र कुशवाहाले पनि आफ्नो सिट रक्षा गर्न सकेनन् । बिजेपीको क्याम्प छाडेर कांग्रेस गठवन्धनमा प्रवेश गरेका कुशवाहाले बिहारको काराकाट लोकसभा क्षेत्रबाट जनता दल युनाइटेडका महाबली सिंहले हराएका हुन् ।

मीरा कुमार : कांग्रेसकी वरिष्ठ नेतृ तथा लोकसभाकी पूर्व सभामुख मीरा कुमार सासाराम लोकसभा क्षेत्रबाट पराजित भएकी हुन् । उनलाई बिजेपीका छेदी पासवानले १ लाख ६५ हजार मतान्तर हराएका हुन् ।

जयाप्रदा : बिजेपीकी नेतृ जयाप्रदा समाजवादी पार्टीका आजम खानबाट पराजित भइन् । हिन्दी फिल्म क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी जयाप्रदा निर्वाचनभन्दा केही अघिमात्र बिजेपीमा प्रवेश गरेकी थिइन् ।

संबित पात्रा : उडिसाको पुरी लोकसभा क्षेत्रबाट बिजेपीका स्टार प्रवक्ता संबित पात्राले पराजय भोग्नु परेको छ । मोदी शासनकालमा मोदीपछि सरकारको पक्षमा टेलिभिजन च्यानलमा देखिने पात्रालाई बिजेपीका पिनाश्री मिश्राले पराजित गरेका हुन् ।

ज्योतिरादित्य सिंधिया : मध्यप्रदेशको गुणा लोकसभा क्षेत्रबाट कांग्रेस महासचिव ज्योतिरादित्य सिंधिया पराजित भएका छन् । कांग्रेसका लागि पश्चिम उत्तर प्रदेशका कमाण्डरसमेत रहेका उनलाई बिजेपीका कृष्णा पाल सिंहले पराजित गरेका हुन् ।

शीला दीक्षित : दिल्ली कांग्रेसकी अध्यक्ष लामो समय दिल्लीकी मुख्यमन्त्रीसमेत रहेकी शीला दीक्षितले पराजयको सामना गर्नु परेको छ । उनलाई बिजेपीकै मनोज तिवारीले पराजित गरेका हुन् ।

प्रतिक्रिया