गोमति डोपिङ

एजेन्सी, दोहा । कतारको राजधानी दोहामा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता भारतीय खेलाडी गोमती मारिमुथु डोपिङमा परेकी छिन् । डोपिङ टेस्ट गर्दा उनको पोजेटिभ पाइएको हो । जसका कारण अस्थायी रूपमा निलम्बन गरिएको जनाइएको छ ।

३० वर्षीया मामिुथुले ८०० मिटर दौडमा २ मिनेट २ दशमल ७० सेकेण्डमा पूरा गरेकी थिइन् । उक्त प्रतियोगिताका दौरान उनको टेस्ट गरिएको थियो । उनले शक्तिवर्धक औषधी सेवन गरेको पुष्टि भएमा उनलाई ४ वर्षको प्रतिबन्ध लाग्ने छ । दोस्रो पटक भारतको पटियालामा मार्च १३ देखि १५ सम्म पनि स्याम्पल लिइएको थियो । जसमा प्रतिबन्धित शक्तिबर्द्धक औषधिको मात्रा पाइएको थियो ।

प्रतिक्रिया