प्रवीण र घम मलेसिया प्रस्थान

काठमाडौं । मलेसियामा हुने आइटिएफ अन्तर्राष्ट्रिय अम्पायर कोर्समा सहभागी हुने जाने दुई सदस्यीय नेपाली टोली त्यसतरर्फ प्रस्थान गरेका छन्  मलेसियाको सरावाकस्थित कुचिङमा मे २४ देखि २६ सम्म हुने अन्तर्राष्ट्रिय अम्पायर कोर्सका लागि नेपाल आइटिएफ महासंघका रेफ्री चेयरम्यान प्रवीणकुमार कार्की र सदस्य घमबहादुर थापामगर त्यसतर्पm प्रस्थान गरेका हुन् ।

उनीहरूलाई बिहीबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्९राखेप०का सदस्यसचिव केशवकुमार बिष्ट र आइटिएफ महासंघका उपाध्यक्षद्वय अन्जुनाथ श्रेष्ठ र विजय श्रेष्ठलगायतले बिदाई गरेका थिए । प्रवीण र घमले आइटिएफ अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष एवं अम्पायर कमिटीका अध्यक्ष ग्रान्डमास्टर लियोन वाई मेङसँग कोर्स लिनेछन् ।

प्रतिक्रिया