गरिमा बैंक र महालक्ष्मी लाईफबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो सम्झौता पश्चात् गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया