रेनोको बजेट अघि बेनिफिट अफर

काठमाडौं । रेनो गाडीको एक मात्र आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रालिले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरूले यस अफर मार्फत् आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडिनै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरू उठाउन सक्नेछन् ।

सो अफर अन्तर्गत ग्राहकहरूले ५ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकहरूले रेनो गाडी बुकिङ वा खरिद गर्दा निशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीबाट लाभान्वित हुन सक्नेछन् । अफर रेनो ब्रान्ड गाडीहरू केडब्लुआइडी, डस्टर र क्यापचरमा सीमित अवधिका लागि उपलब्ध रहेको छ ।

प्रतिक्रिया