एनआईसी एसिया र भेनस हस्पिटलबीच सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र भेनस हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत  सन्तोष कुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरू, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखा रहित बैंकिङ इकाई मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया