ट्रेन्डिङमा सन्नी !

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनी भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहेका वेला एकाएक टे«न्डिङमा परेकी छन् ।

निर्वाचनको मतपरिणामको गर्मी बढिरहेका वेला चुनावमा समेत नउठेकी सन्नी ट्रेन्डिङमा पर्नु अन्यका लागि आश्चर्यको विषय बनेको छ । साथै, बिहीबार लियोनीको न जन्मदिन हो न उनको कुनै फिल्म नै रिलिज हुँदैछ ।

निर्वाचनमा उम्मेद्वार बनेका बलिउड अभिनेता सनी देवल भन्नुपर्नेमा एक न्युज एंकरले ‘सनी लियोनी’ भनिदिएका कारण उनी ट्रेन्डिङमा परेकी हुन् । उनी यसबेला टप ट्रेन्डिङमा पुगेकी छन् । सन्नी ट्वीटरको ट्रेन्डिङमा परेसँगै उनका फ्यान निकै उत्सुक बनेका छन् । निर्वाचनको मतपरिणामका बारेमा बोलिरहेका ती एंकर सनी देवलको ठाउँमा लियोनी भनिदिएपछि उक्त भिडियो सामाजिक सञ्जाल ट्विटरमा भाइरल बन्यो । त्यही कारण उनी ट्रेन्डिङमा परेकी हुन् ।

प्रतिक्रिया