नेपालमा विदेशी कूटनीतिज्ञले किन ‘सीमा नाघ्छन्’

[नेपालका राष्ट्रियताका बारेमा हरेक नेपाली सचेत र गम्भीर छन् । कुनै पनि विदेशी नागरिक वा उपल्लो तहमा रहेको कूटनीतिज्ञ होस जो कोहीले नेपालको राष्ट्रियता, सार्वभौमता वा आन्तरिक मामलामा आश्यकताभन्दा बढी चासो दिएको नेपाली जनताले रुचाउँदैनन् मात्रै होइन सचेततापूर्वक प्रतिवादसमेत गर्ने गरेका छन् । कुनै पनि नागरिकलाई त्यो सह्य पनि हुँदैन ।

यस्तै, अभिव्यक्तिका कारण अहिले चर्चामा रहेका छन् अमेरिकी राजदूत ¥यान्डी बेरी । बहालवाला राजदूत बेरीले सामाजिक सञ्जालमा नेपाली नागरिकहरूका लागि ‘राजदूतसँग गफगाफ’ साप्ताहिक कार्यक्रम सुरु गर्ने बताएपछि कूटनीतिक सीमामा बहस सुरु भएको छ । उक्त कार्यक्रमका बारेमा परराष्ट्र सचिव शंकर वैरागीले स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने बताउँदै बेरीलाई मन्त्रालयमा बोलाएका छन् । बोलाउनु मात्रै ठूलो कुरा होइन उनले त्यस बारेमा के भने नेपाली जनता जान्न चाहन्छन् ।

सोसल मिडियाको प्रयोग गरेर कूटनीतिज्ञहरू सक्रिय हुने क्रम अहिले संसारभर नयाँ अभ्यासको सुरु भएकाले त्यो सामान्य भएको थारै मान्छेको तर्क छ । अर्काथरीले त्यसको पनि कूटनीतिक सीमा हुने भएकाले सीमामा बस्ने पर्ने बताएका छन् । पदको ख्याल गरेर सीमामा बस्न पर्ने र कुनै पनि मुलुकको आन्तरिक मामला र जनताको भावनासँग खेल्न नहुने टिप्पणी गरेका छन् ।

बेरीको पछिल्लनो धारणा पछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको छ । धेरैले यसलाई चासोको विषय बनाएका छन् । केही पूर्व नेपाली राजदूतहरूले नेपालमा ‘पब्लिक डिप्लोम्यासी’को आडमा विदेशी राजदूतहरूले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको बताउँछन् । ठूला देशको कुटनीतिज्ञ भएको दम्भमा अरुको आन्तरिक मामला र भावना बिर्सने गरेको समेत कतिको आरोप छ । तर, मुलुक भौगोलिक रूपमा सानो हुँदैमा कसैले कसैको भावना सँग खेल्न खोन्नु भनेको हेपाहा प्रवृत्ति भएको बौद्धिक जमातको तर्क छ ।

विदेशी राजदूतहरूका असामान्य अभ्यासः नेपालका विदेशी राजदूतहरूले कूटनीतिक सीमा बाहिर जाने गरेको इतिहास विगतमा पनि हुने गरेको छ । कूटनीतिक क्षेत्रका अनुभवीहरूले देखेका त्यस्ता केही अभ्यासहरू यस्ता छन्ः

– संविधान निर्माणका वेलादेखि निर्माणाधीन कानुनमा असहमति र धारणा सार्वजनिक गर्नु ।
– सरकारलाई जानकारी नदिई सार्वजनिक कार्यक्रमको आयोजना गर्नु ।
– सरकारको जानकारी वेगर विवादास्पद भनिएका व्यक्तिहरूलाई भेटघाट गर्नु ।
– संवेदनशील क्षेत्रहरूमा राजदूत कोषका नामबाट स्थानीय संघसंस्थाहरूलाई सहायता बाँड्दै र भाषण गर्दै जनताको भावनामा खेल्न खोज्नु ।
– विवादास्पद विषयमा सञ्चारमाध्यममार्फत विचारहरू संप्रेषण गर्नु ।
– अभियानकर्मीजस्तै गरी सार्वजनिक महत्वका बिषयमा पैरवी गर्ने र जनताका बीचमा जाने प्रयास गर्नु ।

अमेरिकी राजदूत ¥यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम सञ्चालन गरेका छन् । के एउटा विदेशी राजदूतले अरू देशको नागरिकहरूसँग यसरी खुला अन्तक्रिया गर्न मिल्छ ? यो प्रश्न पेचिलो बनेको छ । यसका बारेमा आम जनताका बीचमा चासो र चर्चा बढेको छ ।

यस्तो गतिविधि अचेल कुटनीतिक मर्यादा भित्र पर्न थालेको हो कि शक्तिराष्ट्रको राजदूतको खुला राजनीतिमा सरकारको पनि मौन सम्मति हो ? जनतामा अर्को प्रश्न उब्जन थालेको छ । के नेपालका राजदूतले कुनै पनि देशमा गएर त्यसरी गफगाफ वा अरु कुनै कार्यक्रम मार्फत त्यहाँका जनतासँग अन्तक्र्रिया गर्न पाउँछन् वा तयस्तो प्रयास गर्ने गरेका छन् ? यो पनि अर्को प्रश्न हो ।

नेपालमा विदेशी विदेशी कूटनीतिज्ञ किन बोल्छ ?
१–सरकारको कूटनीतिक क्षेत्रसँग ‘न्यून संवाद’कूटनीतिज्ञले किन सीमा नाघ्छन्ः सरकारले आफ्ना प्राथमिकता र कामका औचित्यबारे कूटनीतिक समुदायलाई समयसमयमा स्पष्ट पार्न नसक्दा उनीहरूले स्वयम् सार्वजनिक महत्वका विषयमा आफैँ अग्रसर हुने वातावरण सिर्जना भएको जानकारहरू बताउँछन् । यस बारेमा सरकारले जिम्मेवारीपूर्वक जवाफ दिन आवश्यक रहेको उनीहरूको सुझाब छ । के कुनै राष्ट्रभन्दा ठूलो अर्को देशको राजदूत हो ?

यस बारेमा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य भन्छन्, ‘राज्यका अंगहरूलाई राम्रोसँग सक्रिय बनाउन नसक्दा विदेशी कूटनीतिज्ञहरू सक्रिय भएको देखिन्छ ।’ उनको भनाइले पनि बेरीको अभिव्यक्ति राज्यको अंगको कमजोरीको नमुना हो भन्ने संकेत गर्दछ ।

आन्तरिकरूपमा विभाजित राजनीतिक र सामाजिक गतिविधिको आड लिएर उनीहरूले कूटनीतिक सीमा नाघेर सक्रिय हुने गरेको आचार्यको भनाइ छ । जब मुलुकको राज्य व्यवस्था र राजनैतिक दल राष्ट्रियताका मामलामा एक हुँदैनन वा शक्तिका लागि अरूको सामु चाकडी गर्ने प्रवृद्धिको विकास हुन्छ यस्ता समस्या आइरहने उनको धारणा छ ।

२–सन्देहपूर्ण सहायताः नेपालका दुर्गम, हिमाली, पहाडी र अन्य थुप्रै भेगमा विदेशी सहायताका विद्यालय, सांस्कृतिक केन्द्र, धर्मशाला, सडक र स्वास्थ्य संस्थाहरू खोलिएको देख्न पाइन्छ । त्यसका नाममा ग्रामीण भेगका जनता भेला पार्ने र आफ्ना धारणा राख्दै हिँड्नु सामान्य जस्तै भएको छ । ती ती कामहरुको उद्देश्यको पर्याप्त समीक्षा नभइकन सरकारी अनुमति दिँदा पर्नसक्ने असरको समीक्षा हुनुपर्ने विज्ञहरूको मत छन् । तर, अहिलेसम्म त्यस्तो गरिएको पाइँदैन । अल्टै सहयोग पाएकोमा दंग पर्ने प्रवृत्ति हावी हुँदै छ ।

माथी उल्लेख भएका कामको असर धर्मप्रचार, कुनै स्थानीय नेताको प्रभाव बढाउने वा सीमावर्ती क्षेत्रमा एउटा देशको उपस्थितिले अर्कोलाई ससंकित पार्ने वातावरण खडा हुनेगरेको उनीहरू बताउँछ । ‘मुलुक संघीयतामा गइसकेपछि सहायताको नियमन संघीय सरकारले मात्र गर्ने संवैधानिक व्यवस्था छ । यसका बारेमा सिधै प्रादेशिक र स्थानीय सरकारसँग हुन सक्ने विदेशीहरूको सहयोग सम्झौताको नियमन हुनुपर्छ,’ आचार्य भन्छन् ।

३–अन्तर्राष्ट्रिय मान्यताका आडः प्रेस स्वतन्त्रता, मानव अधिकार, आप्रवासन र सुशासनजस्ता नेपाल प्रतिबद्ध भएका अन्तर्राष्ट्रिय मान्यताका आधारमा समेत राजदूतहरूले विवादास्पद हुनेगरी अभिव्यक्ति दिँदै आएका छन् । तर, अहिलेको इन्टरनेट युगको कूटनीतिक अभ्यासलाई परम्परागत दृष्टिबाट मात्र हेर्न नमिल्ने बताउँछन् राष्ट्रसंघका लागि पूर्व राजदूत शम्भुराम सिम्खडा । उनले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत अभिव्यक्त गरेका छन् ।

यसबारे सिम्खडा भन्छन्, ‘कतिपय देशमा अन्तर्राष्ट्रिय चासोका विषय हेर्ने बेग्लै निकाय हुन्छन्, नेपालले तिनमा विदेशी सहायतासमेत लिएको हुन्छ जसको प्रतिरक्षा गर्ने वा जवाफदेही हुन सक्ने गरी नेपालको परराष्ट्र निकायले गृहकार्य गर्न सकिरहेको छैन ।’ उनले आफ्नो अनुभव सुनाए ।

४–कमजोर नैतिक बलः कूटनीतिक अधिकारीहरूबीच समदूरीको सम्बन्ध राख्न नेपाली राजनीतिज्ञ तथा कर्मचारीहरू चुक्नुले पनि उनीहरूलाई नियमन गर्ने नैतिक बल कमजोर बन्न पुगेको सिम्खडा बताउँछन् । ‘आफ्ना स्वार्थहरू मिल्दा विदेशी कूटनीतिज्ञहरूसँग स–साना सहयोग माग्ने, वा उनीहरूलाई अनावश्यक पहुँच दिनेजस्ता प्रवृत्तिले विदेशीलाई आचारसंहिता मिच्न सहयोग पुगिरहेको छ ।’

उनको भनाइका आधारमा र अहिलेसम्म देखिएको प्रयास र प्रयत्नमा हेर्ने हो भने नेपालको राजनैतिक र कूटनीतिक क्षेत्रको स्वार्थ र कमजोरीका कारण विदेशी कूटनीतिज्ञहरूले नेपाल प्रति हेपाहा प्रवृद्धि देखाउँदै आफूअनुकुल अभिव्यक्ति दिने काम गर्दे हिड्ने गरेको प्रष्ट हुन्छ । सिम्खडाका भनाइका आधारमा मात्रै होइन वेला वेला राजनैतिक नेतृत्व र उच्च कर्मचारीले आफ्नो स्वार्थ सिद्ध गर्न त्यस्ता कूटनीतिज्ञहरूको दैलो ढुक्ने गरेको समाचार नेपाली सञ्चार जगतमा आउने गर्छन् ।

पछिल्लो दिनमा अमेरिकी राजदूत ¥यान्डी बेरीले दिएका अभिव्यक्तिले पुन नेपाली जनतामा चिन्ता, चासो र आक्रोस बढाएको छ । कर्मचारीका रूपमा आएका विदेशी कूटनीतिज्ञले सहजरूपमा त्यस्ता अभिव्यक्ति किन दिइरहेका छन् ? उनको भनाइमा आपक्ति जनाउँदै नागरिकका तर्फबाट सामाजिक सञ्जालमा भने अभिव्यक्ति आएको छ । तर, सरकारी निकाय भने मौन जस्तै छ किन ? बेरी वा अरू कुनै विदेशी कूटनीतिज्ञहरूले यस्ता अभिव्यक्ति दिन काम बन्द होस् । (बिबिसिको सहयोगमा)

प्रतिक्रिया