जनगणना जस्तै पशुगणना हुनुपर्ने तर्क

काठमाडौं । नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार स्नेहाज केयरको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा सरोकारवालाहरुले पशु कल्याण स्थापनाको लागि कानूनको अभाव औंल्याए र भएका कानूनहरुको पनि प्रभावकारी कार्यान्वयनमा समस्या रहेको टिप्पणी गरेका छन् ।

कार्यक्रममा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा. वंशि शर्माले पशुको कल्याण नै विभागको मूल मन्त्र रहेको सुनाए । उनले भने,‘हामीले अहिले पशु कल्याणको लागि काम गरिरहेका छौं । पशु कल्याण निर्देशिका पनि जारी गरिसकेका छौं ।’ शर्माले छाडा पशुहरुलाई हेर्ने जिम्मेवारी आफूहरुको नभएर स्थानीय निकायको भएको पनि जिकिर गरे ।

यद्धपी उनले पशुसँग जोडिएर आएको विषय भएकोले यसबारेमा विभागले पनि आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए । त्यस्तै, कार्यक्रममा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले पशु कल्याणको आगामी कार्यदिशाको बारेमा प्रकाश पारेका थिए । उनले पशु कल्याण प्रवद्र्धनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे ।
पशुलाई पनि मानवलाईजस्तै पीडा हुने भएकोले पशुलाई मानवीय व्यवहार गर्नुपर्ने उनको धारणा थियो । उनले सबैले पशुपन्छीहरुको हितमा काम गर्नुपर्ने सुझाए । उनले जनगणनाजस्तै पशुगणनापनि हुनुपर्ने बताए ।

वातावरण कानूनका ज्ञाता अधिवक्ता पदम बहादुर श्रेष्ठले पशुहरुको अधिकारको लागि सम्बन्धित निकायलाई निरन्तर घचघचाउँदापनि कुनै सुनुवाई नभएकोमा गुनासो पोखे । उनले भने,‘हाम्रो सुनुवाई नहुँदा बाध्य भएर अदालत जानुपर्यो ।’

श्रेष्ठले पशुहरुको अव्यवस्थित् ढुवानीलाई व्यवस्थित् गर्नको लागि पनि सरकारसमक्ष आग्रह गरे । उनले थपे,‘पशुहरुको संरक्षण गर्नुपर्छ । अदालतले अहिले पशु कल्याण ऐन बनाउनकोलागि आदेशसमेत दिईसकेको छ ।’

उनले पशुमाथि निर्दयी व्यवहार गर्न नहुने पनि धारणा राखे । उनले पशु कल्याणको लागि स्नेहाज केयरजस्तै अन्य संस्था लागिपरे धेरै राम्रो हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, ओआई फोकल प्वाईन्टका प्रतिनिधि डा. किरण पाण्डेले पनि आफुहरु विगत लामो समयदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाए । उनले भने,‘छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माण सहयोग जुटाएर ग%

प्रतिक्रिया